कमला-टोली कुरीबाट केवलकारमा कालिन्चोक (फोटोसहित)

कमला ढुँगाना बोहोराको संयोजनमा बालाजु, बनस्थली, बोहराटार, का उनीहरु ४० जना थिए । अधिकाँश महिला र एकाध पुरुष । काठमाडौंबाट बसमा हिँडेका उनीहरु सुरुमा पलाञ्चोक भगवती गए, दर्शन गरे । उनीहरुले त्यही खाना बनाए । खाए । त्यसपछि मुढेमा पुगेर तरकारीको लागि आलु किने । खरीढुँगा भन्ने ठाउँमा पुगेर प्रशस्त फोटो खिचे ।

जाँदाजाँदै झरीले देउराली भिजेको रहेछ । भिजेको बाटोमा उनीहरु चढेको बस अगाडि जान सकेन । त्यहाँबाट बुलेरो लिएर कुरी गए, कालिन्चोकको बेसक्याम्प । राती त्यही बसे, होटलमा । क्याम्पफायर र खानेबस्ने व्यवस्था उनीहरुलाई राम्रै लाग्यो । त्यहाँ सबै निकै रमाए ।

भोलिपल्ट, तातो पानीले नुहाए । बिहान ६ बजे केबरकार खुल्ने रहेछ । केबुलकार चढेर कालिन्चोक गए । चार मिनेट लाग्ने रहेछ । माथि पुगेर गणेशको पूजा गरे, त्यसपछि कालिन्चोक भगवतीको । छेउमा नरिवल फुटाउने ठाउँ रहेछ ।

लगत्तै फर्केर दोलखा आए । दोलखा भिमसेनको दर्शन गरे । र, त्यहीँ खाना बनाए, खाए र सीधै काठमाडौं फर्के ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button