बागमतीको राजधानी हेटौंडा आइपुग्यो नेपाल साइकल उत्सव
पश्चिम नेपालको दोधाराचाँदनी (महाकाली) पुलबाट प्याडलिङ सुरु गरेको नेपाल साइकल उत्सव टोली बागमती प्रदेशको राजधानी हेटौंडा आइपुगेको छ ।
हेटौंडा । पश्चिम नेपालको दोधाराचाँदनी (महाकाली) पुलबाट प्याडलिङ सुरु गरेको नेपाल साइकल उत्सव टोली बागमती प्रदेशको राजधानी हेटौंडा आइपुगेको छ । यात्राको १६ औं दिन टोली यहाँ आइपुगेको हो । टोलीले हेटौंडास्थित पुष्पलाल पार्कमा रात बिताउनेछ ।
नेपाल पर्यटन वोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर्स् एन्ड ट्राभल एजेन्ट्स् एशोसिएसन (नाटा) र नेपाल पर्वतारोहण संघ (एनएमए)को सहयोगमा भइरहेको तीन साताको साइकल यात्रापश्चात इलामको पशुपतिनगरबाट नेपाल साइकल उत्सव टोली काठमाडौं फर्किनेछ ।
विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वको साइकल टोलीमा राजेन्द्र सापकोटा, मुक्ति पान्डे, शंकर अधिकारी सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पान्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, लक्ष्मी श्रेष्ठ, नीरा बराल, अशोक सिलवाललगायत रहेका छन् ।
कोभिड १९ ले पर्यटन कोमामै पुगेको यो बेला पर्यटनकर्मीहरुले नेपाली पर्यटन व्युँझाउन यो यात्रा गरिएको छ ।
यात्रा सुखद,रमाइलो र सुरक्षित रहोस हाम्रो सधै शुभकामना ।