कोरोनाका किताबी १४ दिन

डा. केदारनरसिंह केसी ।

१५ दिनपछि घरको पर्खाल नाघेर दाजुहरुको हातको टिका लगाउन जाँदैछु । पछिल्लो १४ दिनमा जीवन कसरी बाँच्ने भन्ने कुरा केहि सिकियो पनि ।
परिआएपछि सबै काम गर्न सकिन्छ र एक्लै कसरी जिइन्छ भन्ने केहि हदसम्म जानियो । नित्यकर्मबाट सुरु हुने दिनचर्या नुवाउने, पुजा पाठ गर्ने, बाफ लिने, केहि साथीहरूले पठाएको धुलोधाली रस बनाएर खाने, कोभिड १९ सम्बन्धमा चिकित्सकहरुको भन्दा र अन्य शुभचिन्तकबाट दिइएको सल्लाह ग्रहण गर्दै अनि कोभिड १९ बाट प्रभावित विभिन्न साथीहरूलाई फोनमा सल्लाह दिने र बाँकी समय केहि पुस्तकहरु अध्ययन गर्ने अवसर पाएँ । जस्मा डा. विश्वम्भर प्याकुरेलको ‘आफैलाई खोज्दा’ पढ्दा बाल्यकालदेखि, झोछेको हिप्पीको कथा र जीवन(सफल र असफल)का गाथाहरु साहित्यदेखि विद्यार्थी राजनितिसम्म वृतान्त सरल र शिष्ट भाषामा आफना वेदना कसैलाइ आक्षेप नलगाईकन सुन्दर शैलीमा प्रस्तुत भएको पाएँ ।त्यस्तै विजयकुमारको ‘सम्बन्धहरु’ बडो रमाइलो र रोचक ढङ्गबाट प्रस्तुत गरिएको पाइयो । सुम्निमाँसग होस् अथवा नतालियसँग होस् अथवा फर्पिङमा अशोक र योगिनीसँगका अन्तरङ्ग छलफल होस् अथवा एकान्तमा हामी नाङ्गै हुन्छौ र मृत्यु आदिबारे गहन प्रस्तुति मर्मस्पर्शी लाग्यो । जीवनदेखि जवानी, जवानीदेखि मृत्युसम्म जीवन खोजीमा रहेको भान हुन्थ्यो ।
अर्को पुस्तक रमेशनाथ पाण्डेलिखित ‘क्रान्ति र प्रतिक्रान्ति’ अत्यन्त सूचनामुलक । नेपालको राजनितिमा नेतृत्व वर्गको भुमिका, परराष्ट्र नितिको इतिहास र यसमा भएका पात्रहरूको अदुरर्दशितालगायत बिपि कोइरालाका हस्ताक्षर भएको चिठीहरु र बिपिसँगको सामीप्यता देखाउन खोजिएको छ भने प्रत्येक प्रधानमन्त्रीदेखि रास्ट्रपतिसम्मलाई आवश्यक सरसल्लाह दिने कुरा पनि प्रस्तुत गरिएको छ । नेपालको परराष्ट्र सम्बन्धमा ज्ञान राख्ने हो भने यो पुस्तक पढ्नयोग्य छ ।
त्यस्तै, सरदार भीमबहादुर पाण्डेको ‘त्यस बखतको नेपाल’ अत्यन्त रमाइलो पुरानो भाषाहरु, शब्दावलीहरु जुन नयाँ पिढिले पढ्नै पर्ने खालको छ ।
यस्तै यस समयमा श्रीमती रेखा, छोरा सुब्रत र छोरी स्वर्णमिबाट भएको स्नेह, माया, र सद्भावका लागि धन्यवाद । सायद जीवनमा परिवारसँग यति लामो बसाई मेरो लगि अत्यन्त स्मरणिय रहनेछ । साथै ठुलोदाइ, सानदाइ बद्री दाइ, भाइ महेश्वर जगदिश्वर र सम्पुर्ण परिवारप्रति हार्दिक आभार व्यक्त गर्दर्छु । त्यस्तै बिपि स्मृति अस्पतालका साथीहरु धन्यवादका पात्र छ्न् ।

(nepalnamcha@gmail.com)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button