काठमाडौंलाई हेर्दा मन दुख्छ, यहाँ गिद्दे नजर परे जस्तो लाग्छ

देशको समग्र चित्र कोर्ने नेपालनाम्चाको राष्ट्रिय अभियान ‘७७’ मा जोडिएर आफ्नो माटोलाई माया गर्नुभएकोमा ई.सुष्मा खत्री रन्जित ‘सुक्ष्म‘लाई विशेष धन्यवाद ।

१. तपाईंको जिल्लाको कुरा गर्दा, सबैभन्दा पहिला तपाईंको मनमा के आउँछ ?
नेपालको राजधानी जस्तो ठांउमा जन्मे भन्ने लाग्छ।

२. यहाँ जन्मिएकोमा तपाईं कस्तो अनुभुति गर्नु हुन्छ ?
भाग्यमानी नै हु जस्तो लाग्छ! तर काठमाण्डौंलाई हेर्दा कताकता मन दुख्छ। यहां गिद्धे नजर परेको जस्तो लाग्छ। किन उसप्रति यति धेरै लुछाचुडि, तोडफोड, आगजनी । जनता के भएका होलान? बिवेक गुमाएका जस्ता, संयमता हराएका जस्ता। आफुले बनाउने त कहां हो कहां पूर्खाले बनाएका हरचिज भत्काउने, निमिट्यान्न पार्ने कुवुद्धी भएका मान्छेहरू देख्दा उदेक लागेर आउछ।

३. बाहिरबाट आउने मान्छेलाई यो चाहिँ हाम्रो ठाउँ हो भनेर देखाउन मन लाग्ने ठाउँ कुन हो ?
नेपाल तपोभूमीको देश, काठमाण्डौं उपत्यका अझ पूर्ण तपोभूमी, ऐतिहासिक सम्पदाले भरिपूर्ण, कलाकारिताको धनी स्थल। वाहिरबाट आउने पाहुनाहरूलाई काठमाण्डौंमा देखाएर, बुझाएर नसक्किने ठांउहरू र वस्तुहरू छन्। कला, संगित, संस्कृती, परम्परा, मौलिकता, भौगोलिक स्थिती, रहनसहन, खानापिना, ऐतिहासिक स्थल, धार्मिक स्थल आदि। भनेर, देखाएर साध्य छैन!

४. तपाईंलाई आफ्नो जिल्लाको कुन कुरामा सबैभन्दा गर्व लाग्छ ?
काठमाण्डौं दरवार स्क्वायर, कुमारी, पशुपति मन्दिर, स्वयम्भू,वौध स्तुपा सबैमा गर्व लाग्छ। अझ काठमाण्डौंको भौगोलिक वातावरण न धेरै जाडो, न धेरै गर्मी, बस्न घुम्न उपयुक्त। बार्है महिना फूल फुलाउन सकिने, हरियो तरकारी फल पाईने। उपत्यका वरीपरी डांडा, हिमालको मनोरम दृश्य देख्न पाईन्छ। मन्जुश्री, मछिन्द्रनाथ, रानिपोखरी, तलेजु, भैरबको साथ साथै अनेकन मठ मन्दिर स्तुपा हिटी बहाल खोलानाला पोखरीसंग जोडिएका कथा किंम्बदन्ती, जात्रा रोचक र कौतुहलताले भरिपूर्ण रहेको छ। यहांको रहनसहन, भेषभूशा, खानपान, परिकारमा आफ्नै मौलिकता र भिन्न श्वादको पाईन्छ। यसैमा हामी गौरवान्भित हुन्छौं।

५. धेरैले थाहा नपाएको तर तपाईंले महसुस गरेको यो जिल्लाको खास विशेषता के हो ?
धेरैलाई यहां एकदिने ट्रेकिंग, साईक्लिंग गराई मज्जा लिन सकिन्छ भन्ने थाह नै नहोला। उमेर अनुशार, ईच्छा अनुशार यहां प्राकृतिक हर चिज उपलब्ध छ। धर्म, ध्यान, योग, साधनाको लागि समेत उपयुक्त स्थलहरूमा झट्ट ध्यान नगएको जस्तो लाग्छ।

६. यदि तपाईंको जिल्लालाई एउटा मानिसजस्तै सोच्नुपर्‍यो भने, कस्तो स्वभावको हुन्छ ?
काठमाण्डौं, तिमी जुगौंजुग जस्ताको बांच! तिमी आधुनिक भन्दा पनि पुरानै शैलीमा राम्री देखिन्छौं। पूराना कला कृतीमा सजिउ। हामी स्वदेशी तथा बिदेशी पर्टकहरूलाई सत्य यूग देखीका कथा सुनाउदै तिमीलाई दुलही सरी चिनाउन पाऔं। लिच्छवी, मल्ल, राणा, शाह कालका कलाकृतीका गहनामा देखाउन पाऔं। सधै नेपालको राजधानी भन्न पाऔं। यो काठमाण्डौं उपत्यकामा तिमीलाई माया गर्ने मान्छे मात्रको बास होस। तिमीलाई लथार्ने चिथोर्ने दुष्टहरूको निमिट्यान्न होस।

७. भविष्यमा तपाईंको जिल्ला कस्तो भएको देख्दा तपाईं खुशी हुनुहुन्छ ?
भबिष्यमा काठमाण्डौं मात्र हैन, काठमाण्डौं उपत्यका नै स्वर्गको एक टुक्रा जस्तो होस। सडकहरू साघुरा भए पनि ब्यबस्तित बनोस। घरहरू मौलिक पुराना शैलिका होउन। रूख बिरूवा हरियालीले शितलता छाओस। पार्क, विधालय, कलेज, विश्वविधालय, अस्पताल स्तरिय हुन। रिंगरोड बाहिर बाहिर मेट्रोरेल चलोस। खोलानाला जताततै सफासुग्घर होस। अरूभन्दा बासिन्दाहरू सभ्य बनुन्। सरकारी ब्यबस्थापन, कार्यालय, काम, ब्यापार जुनसुकै क्षेत्रमा पनि घुसखोरी, भ्रष्टाचार नहोस। मानिसहरू सब ईमान्दारी भए गांउ, टोल,समाज,जिल्ला,देश बन्न धेरै समय लाग्दैन। लोभ, मोह, ईर्श्या, रिशईवी, अहंमता मान्छे मान्छेमा राजनैतिक पार्टीहरूमा रहुन्जेल जहिल्यै अशान्ति रहिरहन्छ। शत्तामा पुग्नेहरूले यि सब बुझ्न सके, स्वयं बफादार हुन सके प्रत्येक ठांउ सुन्दर बनाउन सके कति राम्रो हुन्थ्यो। राजधानी काठमाण्डौं विश्वभरी चिनिन्थयो। आफू बाहिरघुम्न जांदा पनि मेरो नेपाल, मेरो काठमाण्डौं घुम्न आउ है भनि गर्वले भन्न सकिन्थ्यो। यस्तो भन्न पाए खुसि लाग्छ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button