दक्षिणकाली–१ को लामाटोलदेखि डाँडागाउँसम्मको सडक जीर्ण, स्थायी सुधारको माग

मुकुन्द हटुवाल
किर्तिपुर६, काठमाडौं
(कभर तस्विरः एआइको सहयोगमा)

दक्षिणकाली, काठमाडौं–दक्षिणकाली नगरपालिका–१ मा पर्ने लामाटोलदेखि कुशले हुँदै डाँडागाउँ जोड्ने प्रमुख ग्रामीण सडक वर्षौंदेखि मर्मत नहुँदा अत्यन्तै जीर्ण र जोखिमपूर्ण अवस्थामा पुगेको छ।

हालैको वर्षायामले सडकको अवस्था झनै बिगारेको छ। स्थानीयवासीका अनुसार हिलाम्मे बाटो, खनिएको गहिरो खोच, र ढुंगामाटोको सतहका कारण दैनिक हिँडडुल, विद्यालय जाने
बालबालिका, वृद्धवृद्धा र बिरामीहरुलाई आवतजावत गर्न अत्यन्तै कठिनाइ भएको छ। सडकको अवस्था अत्यन्तै दयनीय छ।

सडक नहुँदा विशेष गरी बालबालिकाले समयमै विद्यालय पुग्न कठिनाई भोगिरहेका छन्। स्वास्थ्य सेवास् बिरामीलाई अस्पताल लैजान गाह्रो हुन्छ। कृषि उत्पादनस् स्थानीय उत्पादनको बजारसम्म ढुवानी अवरुद्ध भएको छ।

स्थानीयबासीहरुले पटक–पटक ध्यानाकर्षण गराउँदै आए पनि समस्या सुनुवाइ भएको छैन। उनीहरुले निम्न मागहरु अघि सारेका छन्:
१. तत्काल निरीक्षण गरी सडकको स्थलगत अवस्था अवलोकन गरियोस्।
२. ग्राभेल, नाला व्यवस्थापन जस्ता अस्थायी सुधार तुरुन्त गरियोस्।
३. दीर्घकालीन रूपमा पक्की सडक र ढलनिकास योजना कार्यान्वयन गरियोस्।

स्थानीय बासिन्दा बिन्दु पौडेलको भनाइमा, “वर्षा लागिसकेपछि मात्रै होइन, वर्षेनी यही समस्या दोहोरिन्छ। अब हामी स्थायी समाधान चाहन्छौं।” उनीहरुले दक्षिणकाली नगरपालिकाका सरोकारवालाहरुलाई यथाशीघ्र सम्बोधन गर्न हार्दिक आग्रह गरेका छन्।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. नमस्कार! समाचार प्रकाशन गरिदिनु भएकोमा धन्यवाद। तर हामीले प्रेषण गरेको वास्तविक तस्विर समावेश नगरेर एआईको सहयोगले घरको पो तस्विर अपलोड गर्नु भएछ। यसमा वास्तविक तस्विर नै ज्यादै सान्दर्भिक हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button