त्यो बन्दीपुर विशेष, यो बन्दीपुर झनै विशेष !

नेपालनाम्चाको विशेष स्तम्भ 'माटो' अन्तर्गत केही दिनका लागि बन्दीपुर श्रृंखला सुरु भएकाे छ । तपाईं पनि बन्दीपुर श्रृंखलामा अटाउन चाहनु हुन्छ भने बन्दीपुरसँग सम्बन्धित लेख, संस्मरण, कविता, तस्विर, भिडियो वा कुनै पनि प्रकारका जानकारी वा सामाग्री पठाउनसक्नु हुनेछ । नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com, वाट्सअप 9841391555

बन्दीपुर गाउँपालिका, गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्त्व बोकेर १०२ बर्ग किमि क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका हो । साविक धरमपानी र बन्दिपुर गाउँ विकास समितिहरुलाई समेटेर बन्दीपुर नगरपालिका घोषणा गरिएको थियो। २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम भएसँगै साविक बन्दीपुर नगरपालिका, घाँसीकुवाका गाविसका १ र ९ वडाहरु र केशवटार गाविसका १, ८ र ९ वडाहरुलाई समावेश गरी ६ वडाहरुसहितको बन्दिपुर गाउँपालिका घोषणा भएको हो।

तनहुँ जिल्लाको पुरानो सदरमुकाम हो बन्दीपुर । यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लम्जुङ्ग, गोर्खा र मनाङ्गको लागि दक्षिणबाट सामान ल्याउने मुख्य व्यापारिक नाकाको रुपमा विकास भएको थियो। यस ठाउँबाट २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांकृतिक सम्पदा र प्राकृतिक मनोरमताको प्रचारप्रसारसँगै बन्दीपुर व्यापारिक नाकाबाट पर्यटकीय स्थानको रुपमा विश्वभर नै प्रसिद्धि छ। बन्दिपुर गाउँपालिकाभित्र सामुदायिक होमस्टेहरु र विभिन्न स्तरको होटेलहरु रहेका छन् ।

प्राचिन नेवारी सम्पदा संरक्षित क्षेत्र बन्दिपुर बजार, नेपालकै सबैभन्दा ठुलो प्राकृतिक गुफा सिद्ध गुफा, मर्स्याङ्दी उपत्यका र हिमश्रृङ्खला दृष्टिगोचरस्थल टुडिखेल, थानीमाई र मुकुन्देश्वरी, बन्दिपुरको खानेपानी आपुर्ती गर्ने पुरानो र मुख्य श्रोत तीनधारा, मगर, गुरुङ्ग, नेवार आदी संस्कृतिले विशेष पर्यटकीय सम्भाव्यता बोकेका छन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button