कोभिड अनुभव : ४ दिनसम्म गाह्रो तर त्यसपछि एकदमै सामान्य

गोपाल थापा

१८ दिनअगाडि एक दिनैभरी टाउको मन्द दुखेकोदुखै गरेपछि स्वाव परिक्षण गर्न दिएँ । रिपोर्ट पोजेटिभ आयो । र, अहिले स्वाव दिएर रिपोर्ट आउँदा नेगेटिभ आएको छ। रिपोर्ट पोजेटिभ आएको पहिलो ४ दिनसम्म अलि धेरै गाह्रो बनायो तर त्यसपछि मेरो अवस्था एकदमै सामान्य थियो। तर, पनि नेपाल सरकार र डब्लुएचओको मापदण्ड पूर्णरुपमा पालना गर्दै घरमा नै पूर्ण रुपमा आइसोलेटेट भएर बसें। मेरो रिपोर्ट पोजेटिभ आए पनि मेरो परिवारका सदस्यहरु (श्रीमती र छोरीहरु) मा कुनै समस्या देखिएन । स्वाव दिँदा रिपोर्ट नेगेटिभ आयो।
मेरो अनुभवमा व्यक्तिलाई कुनै दिर्घरोग छैन भने यो कोरोना सामान्य नै लाग्दो रहेछ । तर, १४/१५ दिनसम्म एउटा कोठामा एक्लै थुनिएर परिवार र साथीभाईसँग छुटिएर बस्नु पर्दा पक्कै पिडाबोध हुन्छ। तर, जसरी कोरोना लागेपछि मरिहालिन्छ, सम्पूर्ण कुरा सकिन्छ भन्ने प्रचार गरियो, यो कुरा असत्य साबित गरिदियो, कम्तिमा मेरो व्यक्तिगत अनुभवले। तर, बूढाबुढी, दिर्घरोगीलाई कोरोनाले धेरै गाह्रो बनाउन सक्छ। त्यसैले आफु र आफ्नु परिवारको लागि भए पनि पूर्णरुपमा सचेत हुदै नेपाल सरकार र डब्लुएओको स्वास्थ मापदण्ड पालना गर्नु हाम्रो कर्तब्य हुन आउँछ। यदि शंका लागेमा परिक्षण गर्ने, परिवार र भिडभाडबाट टाढा बसेर संक्रमण फैलनबाट रोक्न मद्दत गर्नु पर्दछ ।
नेपालीको महान चाडवाड घर दैलोमै आइसकेको छ। सकेसम्म स्वस्थ मापदण्ड पालना गर्दै चाडबाडलाई परिवारमा सिमित गरौ । आफु, आफ्नु परिवार र समाजलाई संक्रमण हुनबाट बचाउँ।

(भिटोफ नेपालका द्धितिय उपाध्यक्ष थापाको फेसबुकवालबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button