कृपया ! मलाई चिन्ता, डर, पीडा र आक्रोश नियन्त्रण गर्ने सिकाइदेऊ

सुशीला ढकाल

मेरो प्यारो जिन्दगी-मलाई उर्जा देउ, प्रत्येक दिन पूर्ण रूपमा पालना गर्न र हरेक पलको भरपुर सदुपयोग गर्न !

मलाई साहस देउ, म जे गर्न सक्षम छु त्यो गर्नका लागि । मेरा लागि सहि र गलत के हो छनोट गर्नका लागि ।

मलाई कृपा गर,
मेरो नियन्त्रण भन्दा बाहिरको कुरा स्वीकार गर्न र जुन कुरा मेरो बस् मा छ त्यसको लागि लड्ने साहस बटुल्न ।

कृपया मेरो मनलाई आनन्द दिने, जिबन लाई अर्थपूर्ण बनाउने र मेरो प्राप्तिलाई पुर्णता प्रदान गर्नेहरु प्रती सदैव कृतज्ञ हुदै मलाई साच्चैनै आफ्नो सम्झेर माया गर्नेहरु सङग बिताएका पलहरुलाई महत्वका साथ सङगालेर राख्न मलाई मदत गर ।

प्यारो जिन्दगी, मलाई शान्त रहन मदत गर, जिबनका हरेक आरोह-अवरोह हरुमा आफ्नो चाहना बमोजिमको प्राप्ति मा होस या गुमाउनुपरेको अबस्थामा पनि । हुन सक्छन कति कुरा प्रिय लागेर पनि क्षणिक त कति दिगो, मलाई क्षणिक खुसीमा भन्दा पनि अनन्त वास्तविक स्वरुपको चित्रण गरिदेउ ।

मलाई साहस देउ
म जे परिवर्तन गर्न सक्षम छु त्यो परिवर्तन गर्न,र हुनसक्छन् कति कुरा मेरो नियन्त्रण भन्दा बाहिर छन ती कुरा स्वीकार गर्न ।

प्यारो जिन्दगी ! कृपया मलाई चिन्ता, डर, पीडा र आक्रोशलाई कसरी नियन्त्रण गर्ने सिकाइदेऊ । जसले गर्दा म आफू तनावमुक्त, हलुका, बोझरहित र स्वतन्त्र रहन सकु र अरुलाइ पनि बुझ्न सकु । र, मलाई दुख पर्दा, चोट लाग्दा निको पार्ने मलम बनिदेउ प्यारो जिन्दगी । जब म आफुमा कमजोर महसुस गरिरहेको हुन्छु, तिमिले मलाई मेरो भित्री शक्तिको सम्झना गराइदेउ । जुन समयमा म हराएको महसुस गर्नेछु, तिमिले मलाइ मेरो जिबनको उदेश्य र अर्थ पुनः पत्ता लगाउन मदत गरिदेउ ।

जब म एक्लो हुनेछु र एक्लै भएको महसुस गरिरहेको हुनेछु, तिमिले मलाई यो सम्झाइदेउ कि,-जीवनका हरेक पाटाहरुको उत्तिकै महत्त्व हुन्छ । दुख-सुख, हाँसो-आशु सबै कुरा अन्तरसंबंधित हुन्छन् । जब मैले आफैमा भरोसा गुमाएको हुन्छु, मलाई म को हु? सम्झन मदत गरिदेउ । प्यारो जिन्दगी ।

हरेक ब्यक्तिका आफ्नो जिबन प्यारो हुन्छ। यो जिबन लाई सार्थक बनाउन र आफैमा आशा, भरोसा अनि आत्मअस्तित्वलाई कायम राख्न सबैले आफू प्रती सजग बनुन र शारिरिक स्वास्थ्य जत्तिकै मानसिक स्वास्थ्यको ख्याल राखुन, भन्ने काममासहित ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button