हिमालको काखमा रहेको एउटा विशिष्ट पालिका

उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारतसम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ जिल्लामा रुवी भ्याली गाउँपालिका छ ।

विश्वमा नै दुर्लभ बहुमुल्य खनिज रुवी यस पालिकामा प्रशस्त मात्रामा पाउन सकिन्छ । विश्वको हरेक ठाँउमा रुवी पाउन सकिन्छ तर गुणस्तरमा हेर्ने हो भने धादिङ जिल्लाको यस पालिकामा पाइने रुवी विश्वमा नै नम्बर एकमा पर्ने भएकोले नै यस पालिकाको नाम रुवी भ्याली गाउँपालिका राखिएको हो । झन्डै गोलाकार भू–आकारमा रहेको रुवी भ्याली गाउँपालिकाको भौगोलिक फैलावट पूर्वमा रसुवा जिल्ला, पश्चिममा गोरखा जिल्ला, उत्तरमा चीन (तिब्बत) र दक्षिणमा खनियाबास गाउँपालिका र गङ्गा जमुनासँग जोडिएको छ ।

पाविल हिमाल, गणेश हिमालको काखमा रहेको यो पालिका मनोरञ्जक हिमदृश्य, हिमालय पर्वतबाट उत्पति भई यस गाउँपालिका र जिल्लाको पनि लगभग बीच भागमा अविरल बग्ने आंखुको सौन्दर्य, प्राकृतिक सम्पदाको रुपमा यस पालिकामा रहेको कालो दह, सेतो दह, तातो पानी कुण्ड, पाङसङ भ्यु आदि प्रख्यात छन् ।

सांस्कृतिक विविधता एवं सामाजिक संयोजनरूपी संगमस्थलको रुपमा पनि यो पालिका परिचित छ ।

स्रोतः रुवीभ्याली गाउँपालिका


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button