पत्नीलाई परपुरुषसँग देखेपछि पतिले के गरे ?
कमला केसी
प्रेममा विश्वास भएन भने,
सम्बन्धमा दरार आउँछ
परिवारमा रसपूर्ण प्रेम छैन भने,
त्यो परिवार परिवार नभएर
वारमा परिणत हुन जान्छ ।
एक सत्य घट्ना म यहाँ उद्धृत गर्न गरिरहेकी छु । दुई वर्ष पहिलाको कुरा हो । उहाँको मनको कुरा मलाई व्यक्त गर्नु भएको थियो । अहिले उहाँले भन्नु भएको कुरा मलाई सम्झना भयो अनि मलाई सार्वजनिक गर्न मन लाग्यो । सार्वजनिक गर्नु पूर्व उहासँग अनुमति लिएँ । उहाको अनुमति पाएपछि छोटकरीमा नेपालनाम्चालाई पठाएको हुँ ।
उनीहरुको विवाह भएको चार वर्ष भएको थियो । विवाह भएको दुई वर्षसम्म त उनीहरुको प्रेम सम्बन्ध अति नै प्रगाढ थियो। यसै क्रममा एकदिन अचानक पतिले आफ्नो पत्नी एक परपुरुषसँग बाटोमा हात हल्लाई हल्लाई कुरा गरिरहेको देख्छन् । तब पति केही नबोली चुपचाप लागेर घर आउँछन् । एकछिन पछि पत्नी पनि घर आइपुग्छिन् । घरमा दुवै मौन रहन्छन् । दुवैको मुखबाट बोली निस्कदैन ।
यो दृश्यलाई नियालीरहेकी भख्खर मात्र तोते बोली बोल्न जानेकी दुई बर्षे छोरीले बाबालाई सोध्छिन्, बाबा, मामु किन नबोलेको ?
तब ती बाबु छोरीसँगपनि केहि नबोली घरबाट बाहिर निस्केर जान्छन् । मामुको नजिक गएर छोरीले सोध्छिन्, बाबा, मामु किन नबोलेको ।
तब आमा भन्छिन्, बाबालाई हतार भएर बोल्न भ्याउनु भएन, भरे आएर बोल्नु हुन्छ है ।
भरे बेलुका पति नशाले पुरै मातेर घर आउँछन् र पत्नीलाई तथानाम कराउन थाल्छन् । तब पत्नीले भन्छिन्, हजुरले यो के हालत बनाएको ? पति तब बोल्न शुरु गर्छन्, मैले बनाएको रे ? मलाई यो हालत त तैँले बनाएको हो तैँले बुझिस् । पत्नीतिर फर्केर उनी जोडजोड्ले कराउन थाल्छन्, तँलाई मैले के को कमी बनाएर राखेको थिएँ र ? तेरो सक्कली रुप आज प्रत्यक्ष देखाइस् नि हैन ?
यतिकैमा पत्नी कोठामा गएर रुन थाल्छे र बाटोमा भेटेर कुरा गरेको व्यक्तिलाई फोन गर्छिन् । तब त्यो व्यक्ति घर आउँछन र उनलाई सोध्छन्, हजुरले यो के हालत गरेको ? के तमासा देखाको ?
य मैले के हालत गरेको रे ? सोध्नुस् न उसैलाई उसले के के मात्र गरिनँ, हँदाहुँदै बाटोबाटोमा दुनियासँग मस्किमस्की गफ गरेर हिँड्छे, मेरो बेइज्जत गर्छे, अब उसको र मेरो सम्बन्ध नै सकियो ।
तब उपस्थित व्यक्ति पतितर्फ फर्केर भने, के तपाईले बाटोमा गफ गर्ने व्यक्तिलाई चिन्नु भएको छ ?
उनले भने, मैले त्यसको अनुहार हेरिनँ तर कपडा भने यस्तै रङ्गको लागाको थियो ।
अनि अरु ?
टोपी पनि यस्तै थियो, अरु भने याद गरिनँ ।
तब त्यस व्यक्तिले भने, त्यतिखेर बहिनीसँग कुरा गर्ने व्यक्ति अरु कोहि नभएर म नै थिएँ । हजुर भ्रममा पर्नु भएछ ।
कस्तो अचम्म, कसैलाई बुझ्नु छैन, चिन्नु छैन, त्यत्तिकै आफ्नो पत्नीसँग शंका । यदि आफ्नो पत्नीप्रति साँच्चैको प्रेम थियो भने यो सब के ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)