
आफ्नो भनेकोे आफ्नै हुन्छ, विदेशमा किन बस्ने ? नेपालै आउनु
नेपालनाम्चा काठमाडौं आसपास घुम्दै गर्दा नागढुँगा छेवैको धादिङको धुनीबेशीस्थित काफलचौर पुगेको थियो । त्यहीँ भेटिइन् आफ्नै घरको पिँढीमा बसेर मकै केलाइरहेकी साईंली तामाङ । उमेरले ६० र १ बर्ष अरे ।
‘काठमाडौं रमाइलो कि धुनीवेशी ?’ सम्वाददाताले सोध्यो ।
धुनीवेशीको आकाशतिर हेर्दै उनले भनिन्, ‘जन्मेकी यहीँ । यहीँ रमाइलो ।’
‘दाँत कसले खसाल्देको ?’, फेरि अर्को प्रश्न ।
‘किराले ।’
‘अनि बुढा खोई त ?’
‘मामाघर’, मकै केलाइरहेकी उनले भनिन् ।
‘दाँतै छैन । मकै खान सक्नु हुन्छ ?’
‘मकै त खान सक्दैन । पिठो बनाएर ढिँडो खाने ।’
‘ढिँडो कत्तिको मन पर्छ ?’
‘म त ढिँडो मात्र खान्छु, भात त मनै पर्दैन ।’
‘तपाईंको सपना ?’
‘अब मेरो केही सपना छैन, बुढा पनि मामाघर गयो । म पनि मामाघर जाने ।’
छेउमा नास्पातीको रुख छ ।
‘तर के गर्नु चढ्न सक्दैन’, अन्त्यमा उनले थपिन्, ‘आफ्नो भनेकोे आफ्नै हुन्छ, विदेशमा किन बस्ने ? नेपालै आउनु ।’
बाँकी भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



