काम रमाइलो, कामी तामाङ झनै रमाइली

पढेकी होइन, परेकी कामी तामाङ घतलाग्दी, उनको कुरा झन् घतलाग्दा

ताजीमा जन्मिइन् र डिगाउँमा भित्रिइन् उनी । धान काड्दै पढेकी होइन, परेकी कामी तामाङले जीवनका अनुभव निकै सरल तरिकाले सुनाइन् । गाउँ रमाइलो, काम रमाइलो, मन मिले परिवार रमाइलो । उनले भनिन् । मकै रोप्यो, धान रोप्यो, कोदो रोप्यो, गोड्यो, खायो, जीवन बितायो । उनले भनिन् । नातिको क्याप लाएर धानको बीउ काडिरहेकी तामाङसँग जतिबेर कुरा भयो, निकै स्मरणीय रह्यो । आम नेपालीको जीवन र शैली झल्कने एउटा रोचक भिडियो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button