स्वदेशमै केही गरौं भनेर फर्केको ऊ किन फेरि विदेशै फर्कंदैछ ?

उनी ट्रयाक्टरले असारे खेत जोत्दै थिए । किस्पाङ–२ नुवाकोटका ठाकुरप्रसाद भट्ट नेपालमै केही विशेष गरौं भन्ने सोचेर ३ बर्षअघि मात्र साउदी अरबबाट फर्केका हुन् । सानै उमेर दिल्ली हान्निएका उनले सुरुमा होटलको भाँडा माझे । क्षमताले उनलाई उकाल्यो र मेनेजरसम्म भए । उनको चित्त बुझेन त्यतिमै । र, लागे साउदी अरबतिर । त्यसभन्दा बढी गर्ने उनको सपना थियो । केही बर्ष अरब बसेपछि उनलाई आफ्नै माटोमा फर्केर कृषि क्रान्ति गर्ने हुट्हुटी जाग्यो । फर्के । टर्की पाले । बयल जातका बोका बाख्रा पाले । टनेलसहितको गोलभेँडा खेती सुरु गरे । खेत जोत्ने ट्रयाक्टर किने र चलाए । तर, अहिले उनको सपना र उत्साहमा निराशाको मात्रा थपिएको छ ।

देशमै केही गरौं भनेर फर्केको एउटा स्वप्नशील युवा फेरि विदेशै जाने मनोविज्ञानमा कसरी पुग्यो ? आम नेपाली युवाको मनोविज्ञान झल्कने एउटा प्रतिनिधी पात्रको भिडियो कथा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button