भुम्लिचोक, घ्याल्चोक, तान्ग्लिचोक, फुजेल, दर्बुंङ र मकैसिङ मिलेर ‘गण्डकी’

पालिका परिचय

साविकको फुजेल, दर्बुंङ, भुम्लिचोक, घ्याल्चोक, तान्ग्लिचोक र मकैसिङ गरी ६ वटा गाउँ विकास समितिलाई मिलाई पूर्वमा धादिङ जिल्ला तथा पश्चिममा चितवन जिल्ला उतरमा सहिद लखन गाउँपालिका रहेको ‌‌यो गाउँपालिका प्राकृतिक ‌‌रुपमा ‌‌विविधता पूर्ण रहेको छ ।

साविकको मकैसिङ गाविसलाई हालको वडा नं १, साविकको ताङलिचोक गाविसलाई हालको वडा नं २, साविकको फुजेल गाविसलाई हालको वडा नं ३ र ४, साविकको दर्बुंङ गाविसलाई हालको वडा नं ५,साविकको भुम्लिचोक गाविसलाई हालको वडा नं ६ र साविकको घ्याल्चोक गाविसलाई हालको वडा नं ७ र ८ मा समायोजन गरी यस गाउँपालिकाको निर्माण गरिएको हो । यस गाउँपालिकाको जम्मा क्षेत्रफल १२३.८६ वर्ग किलोमिटर रहेको छ ।

यस गाउँपालिकाभित्र विभिन्न जातजातीहरुको बसोबास रहेको छ, जसमा प्रमुख जातजातीहरु ब्राम्हण, नेवार, मगर, गुरुङ, चेपाङ, क्षत्री, सार्की आदि छन् ।

(सामाग्री स्रोतधारः गण्डकी गाउँपालिका)


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button