फर्पिङको असुरा गुफा, जहाँ गुरु पद्मसम्भवले ध्यान गरेका थिए

वौद्ध धर्मावलम्वीहरुले मान्दै आएका विभिन्न पवित्र धार्मिक स्थलहरु मध्ये एक फर्पिङमा अवस्थित आसुरी तहाग अर्थात असुरा गुफाका नाउँबाट प्रख्यात ‘गोरखनाथ गुफा’ पनि हो । यहाँ लामा परम्परा अनुरुप रिम्पोछेँ र तारा देवताको मूर्ति सजाइएका छन् । भारतबाट तिब्बत जाने क्रममा पद्मसम्भवले समेत यही गुफामा बसी नैरात्मादेवीको ध्यान गरी दर्शन पाए भन्ने विश्वास गरिन्छ ।

गुरु पदमसम्भव ध्यानमा रहेको बेला भुतप्रेत तथा राक्षसहरुले ध्यानमा वाधा पुराएका तथा फर्पिङ राज्यमा खडेरी परेर भोकमरी फैलिएको विश्वास गरिन्छ । गुरु पदमसम्भवले देवीबाट प्राप्त शक्तिको उपयोग गरी ती भुतप्रेत राक्षसहरुको अन्त्य गरेका तथा राज्यमा वर्षा भइ भोकमरी हटेको पनि विश्वास गरिन्छ । सोही कारण वौद्ध धर्मावलम्वीहरुहरु भूतप्रेत तथा राक्षसहरुको प्रभावबाट जोगिनका लागि गुरु रिम्पोछेँ भनेर पनि चिनिने शक्तिशाली गुरु पदमसम्भवको पुजापाठ गर्न उक्त गुफामा जाने परम्परा रहेको छ। असुरा गुफा प्रवेश द्वारको बायाँ पट्टि हातको छाप रहेको छ जुन गुरु रिम्पोछेँको रहेको विश्वास गरिन्छ ।

फर्पिङको बज्रयोगिनी मन्दिरबाट सिँढी उक्लिएर पुग्न सकिने उक्त स्थान ‘गणेश सरस्वती गुम्बा’ का कारण पनि प्रख्यात छ । बौद्ध धर्मावलम्बीहरु गौतम बुद्धले यस धर्तिमा जन्म लिँदा त्यसको सूचना दिने सेतो हात्तीको रुपमा गणेशलाई र मञ्जुश्रीको अर्धागिनीका रुपमा सरस्वतीलाई पुज्ने गर्दछन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button