सौराहाः पहिला केराबारीमा काम गर्थिन्, अहिले केरा बेच्छिन् (भिडियो)

‘कस्तो ममगमग बासना आएको तपाईंको फलफूल पसलको ?’, नेपालयात्रामा हिँडेको नेपालनाम्चा सम्वाददाताले फलफूल पसल्नी गीता चौधरीलाई भन्यो ।

चौधरीले पसल सुरु गरेको ४ बर्ष भएछ । त्यसअघि श्रीमान डोकोमा फलफूल बोकेर बच्दै हिँड्थे रे । अहिले एकदमै ठिक छ रे । त्यसअघि उनी केराबारीमा काम गर्थिन् । उनले केराबारीमा ४ बर्ष काम गरिन् ।

‘पहिला केराबारीमा काम गर्नुभयो । अहिले केरा बेचिरहनु भएको छ’, सम्वाददाताले सोध्यो, ‘केराबारीमा काम गर्दा पैसा बढी कमाउने कि केरा, स्याउ, सुन्तला बेच्दा ?’

‘यही फाइदा हामीलाई’, उनले भनिन् ।

अचेल श्रीमान-श्रीमती दुवैले गरेर दैनिक सरदर ८ हजारको व्यापार गर्छन् । श्रीमानले गाडी पनि किनेका छन् । बाँकी भिडियोमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button