
सौराहाः तपाईंको पनि सिङ छैन, बाख्राको पनि सिङ छैन, मीत लाइदिऊँ ?
‘नमस्ते हजुर !’
‘नमस्ते !’
‘तपाईंको बाख्रैबाख्रा रहेछन् त ?’
‘धेरै त छैन ।’
‘कति छन् ?’
‘४०-४५ वटा छन् ।’
पछिल्लो एक बर्षदेखि लक्ष्मी चौधेरीले यति संख्यामा बाख्रा पालेकी हुन् । बाख्राबाट अहिलेसम्म ‘ठिकै’ भइरहेको उनले बताइन् । चितवनको रत्ननगर नगरपालिकामा रहेको बछौलीको मैनाहामा उनको सासु, श्रीमान छोरासहित ४ जनाको परिवार छ । परिवारको अर्थिक जीवनमा बाख्राहरुको ठूलो महत्व रहेको बताइन् । बाख्राहरुमध्ये केही मुडुला रहेछन् ।
‘तपाईंको पनि सिङ छैन, बाख्राको पनि सिङ छैन, मीत लाइदिऊँ ?’, नेपालनाम्चा सम्वाददाताले ठट्टा खेल्यो ।
‘हुन्छ’, हाँस्दै भनिन् ।
बाँकी भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



