
बुटवल लक्ष्मीपार्कः हिजो, आज, भोलि
दुर्गाप्रसाद शर्मा
बुटवल ४
बुटवल लक्ष्मीपार्क (लक्ष्मी उद्यान)को विषयमा प्रवेश गर्नुअगाडि यस पार्कको ऐतिहासिक पृष्ठभुमि र केहि अभिलेखको विषयमा जानौँ ।
५१ वर्षअगाडि (२०२७ सालतिर) लक्ष्मीनगरको तल्लो भागमा जनआवादी पातलो रुपमा स्थापित भैसकेको थियो । तिनाउ खोला याने तिलोत्तमा नदीको पूर्वी भागलाई खस्यौली र पश्चिमी भागलाई बटौली भनी जनजिब्रोमा अभ्यस्त भैसकेको थियो । समग्रमा भन्नुपर्दा बुटवल खस्यौलीको नामले चिनिन्थ्यो । त्यहि खस्यौलीको पूर्वीउत्तर भागमा चुरेपहाडको फेदिमा ओरालो परिरहेको केहि भागलाई कान्छी बजारको नामाकरण भै बस्ती बसेको थियो । कान्छी बजार नाम कसरी रह्यो भन्ने जिज्ञासा पनि उठ्न सक्छ ।
भारतको पल्टनमा काम गर्ने एकजना सिपाहीको परिवार बुटवल खस्यौलीमा रहेको बि.टि.आई. पछाडि बस्दा रहेछन् । सिपाही पल्टनमा रहेको समयमा घरपरिवारलाई पत्रपठाउँदा चिठीपत्रमा पत्र पाउनेको नाम कान्छी भनि लेख्दा रहेछन् । पत्र पठाउँदा पठाउँदै त्यो क्षेत्रको नामनै कान्छी वजार रहन गएको सुन्नमा आउँदछ । कान्छी बजारको तल्लो भाग २०२७ साल अगाडि नै दर्ता कायमा भैसकेको थियो भने कान्छी बजारको भाथिल्लो भागमा २०२७ सालपछि अव्यवस्थित रुपमा झाडी फडानी गरी बसोबास गर्न सुरु गरेको पाईन्छ । कान्छी बजारको माथिल्लो र तल्लो क्षेत्र २०४७ सालमा प्रजातन्त्रको पुनरागमन पछि लक्ष्मीनगर भन्ने बिधिरुपमा नामाकरण गरिएको हो ।
२०२० सालमा बुटवल टेक्निकल इन्स्च्यिुटको स्थापना लगतै तत्कालको कान्छी बजारमा यो वा त्यो रुपमा बसोबास सुरु गरेको पाईन्छ । विभिन्न नाम गरेका अग्रजहरुको अथक प्रयासबाट बुटवल लक्ष्मीनगर तत्काल वडा नं. ६ हाल वडा नं. ४ मा बसोबास गर्नसक्ने व्यवस्था भएको हो । जनआवदी बढ्दै गयो, आवश्यकता पनि बढ्दै गयो र लक्ष्मीनगरको शिरभागमा २०३६ सालतिर खरको छानो राखी दुर्गा मन्दिरको स्थापना गरिएको थियो । दुर्गा मन्दीरको सेरोफेरोमा २०३७ सालमा एउटा अस्थाई टहरो निर्माण गरी प्राइमरी स्कूलको स्थापना गरिएको थियो र हाल उक्त स्कूलको नाम लक्ष्मी माध्यामीक विद्यालय रहेको छ । तीनवटा पक्की भवन, १ वटा चमेना गृह, १ वटा सभाहल र छात्र छात्राको लागि अलग अलग शौचालय रहेको छ । स्कूल हाताभित्र रहेको दुर्गा मन्दिर २०५२ सालमा स्कूलभन्दा केहि माथिको खाली ठाउँमा स्थानान्तरगरि प्रतिस्थापना गरिएको थियो । हाल मन्दीर रहेको ठाँउ बुटवल लक्ष्मीपार्क भित्र पर्दछ ।
लक्ष्मीनगर क्षेत्रमा करिब ४५० जती घरधुरी रहेको पाईन्छ र करिब २००० भन्दा बढि जनआवादी रहेको छ । लक्ष्मीनगरमा खानेपानीको व्यवस्थाका लागि २०३१ सालबाटनै एउटा समिति गठनगरि नजिकै रहेको चुरेपहाडबाट आपुर्तिको व्यवस्था भएको देखिन्छ । यसरी मन्दिर, स्कूल, पानी क्रमश बिजुलीको व्यवस्था हुँदैगएपछि जनघनत्व बढ्दै जानथाल्लो । त्यसैगरी आवश्यकता पनि बढ्नु स्वभाविकै थियो । आवश्यकता बढ्दै गएपछि आपूर्तिको खाँचो रहन्छ । सामाजिक आपूर्ति पुरागर्न संगठित संघ, सस्था र समितिको खाँचो पर्दोरहेछ । यो प्राकृतिक नियम हो ।
लक्ष्मिनगरमा बसोबास गराउन धेरै अग्रजहरुको अहम भूमिका रहेको छ । अग्रजहरु मध्य केहि देखिएका र सुनिएकाहरुको नामलिदा स्व. बुद्धि बहादुर थकाली, स्व. सरस्वती शेरचन, द्वारिका उदय, स्व. काजिमान गुरुङ्ग, स्व.सूर्यप्रसाद प्रधान, भोजप्रसाद श्रेष्ठ, स्व. वीरबहादुर थापा, स्व. बाल कुमारी थापा, स्व. भिमसेन आले, पूर्णबहादुर थापा, स्व.टेकबहादुर थापा, तेजबहादुर के.सी., मिनप्रसाद खनाल, शान्त विजय गौचन, ज्ञानबहादुर हमाल, तिलक शाहि, टिकानिधि गौतम, स्व. मुकुन्द सुवेदी, विष्णु भन्डारी, तेजप्रसाद श्रेष्ठ, कृष्ण कार्की सूर्य न्यौपाने, स्व. नारायणभत्त प्रधान आदि नाम गरेका अग्रजहरुको सक्रियता रहेको देखिन्छ (माफ गर्नु होला कसैको नाम छुट्न भएको भए) । यसरी बसोबासको व्यवस्थामा लागेका अग्रज सहित लक्ष्मीनगरको बिकासमा सघाउ पुर्याउने कुलबहादुर कुवर, टंकप्रसाद पराजुली, बाबुराम ढकाल, प्रमानन्द भटटराई आदि लगाएतका अगुवाहरुको सह्रानिय भूमीका पाउदछौं । बुटवल लक्ष्मीपार्कको विषयमा जानकारी लिनु पर्दा लक्ष्मीनगरको बारे थाहा पाउने कुराहरु छुट्न गएमा लक्ष्मीपार्क ओझेलमा पर्ने हुँदा यी माथीका कुरा यहाँ राखिएको छ । २०३६ सालतिर राजा वीरेन्द्र बुटवल भ्रमणमा आएको समयमा चिडियागाँउ, ज्योतिनगर र लक्ष्मीनगरका बासीन्दाहरुलाई चुरेपहाड देखि अनेन्त्र सार्न हुकुम प्रमाङ्गीणि भएतापनि ज्योतिनगर र लक्ष्मीनगर बासीले यस क्षेत्र छोड्न चाहेनन् र सरकारले पनि वाध्यभै आखाँचिम्लेको हँुदा यहाँ बस्ती बसिरहेको छ ।
लक्ष्मीनगरलाई अव्यवस्थित क्षेत्र घोषणा गरी २०५२ सालमा रुपन्देही जिल्ला सुकुमबासी समस्या समाधान आयोगका तत्कालीन अध्यक्ष भोजप्रसाद श्रेष्ठको पहलमा जग्गा दर्ता भई श्रेस्ता कायम भएको थियो । यसरी दर्ता भएको जग्गा केहिवर्षको लागि सुक्रीबिक्री, तिरोभरा,े बैंक कारोवार गर्न बन्देज भएतापनि यसै क्षेत्रमा बसोबास गर्ने वरिष्ठ पत्रकार, समाजसेवी तथा राजनितिज्ञ बालकृष्ण चापागाईको अथक र ठूलो मेहनतले जग्गाको कारोबार गर्न छिटै कानुनी रुपमा फुकेको कुरा हामी लक्ष्मीनगर बासीले कहिलै भुल्नु हुदैन । उहाँलाई आभार व्यक्त गर्दै हार्दिक धन्यवाद ।
लक्ष्मीनगरको विकास कार्यलाई अगाडि बढाउन २०५१ सालभन्दा पहिलेदेखि लक्ष्मीनगर विकास समितिको स्थापना भएको थियो । तर विधिवतरुपमा दर्ता भने भएको थिएन । लक्ष्मीनगर विकास समितिले खानेपानी, विजुली, बाटोघाटो, मठमन्दीर, स्कूल आदि विकास निर्माणको कार्यमा अग्रसरभई अविभावकको रुपमा कामगर्दै आएको हामीले पाउछौं । जेजति विकास निमार्णका कामभए सबै कामहरु वडां कार्यालयको समन्वयनबाट भएगरेका छन् । लक्ष्मीनगर बिकास समितिलाई सञ्चालन र व्यवस्थित गर्न एउटा कार्यालयको आवश्यकता देखिएकाले २०५१ साल बैशाख १ गतेका दिन लक्ष्मी पथमा कार्यालय निर्माण भई तत्कालीन नगर प्रमुख स्व. सूर्यप्रसाद प्रधानबाट उद्धाटन गरिएको थियो ।
लक्ष्मीनगर विकास समितिले खानेपानीको लागि आपगैरा, जलुके तथा भालुखोला ९जलेनी खोला० लक्ष्मीनगरबाट करिब ४ किलो मिटर उत्तरपूर्वको पहाडबाट पानीको श्रोत व्यवस्थागरि रहेको थियो । साथसाथै लक्ष्मीनगरको उत्तर पट्टीको पहाडको फेदिमा हालको लक्ष्मीपार्कमा पानी टंकी निमार्णगरि खानेपानी वितरण सुरुगरेको देखिन्छ । बुटवल लक्ष्मीपार्कको अवधारणा आउनु अगाडी त्यस क्षेत्रमा २०५२ साल अगाडि नै दुर्गा मन्दिर स्थापना गरिएको, २०५४/७/२५ मा नेपाल मगर बौद्ध सेवा समाजले स्थापना गरेको बौद्ध गुम्बा तत्कालीन वडा अध्यक्ष कुलबहादुर कुवरले शिलन्यास गर्नु भएको थियो भने २०५७/२/५ गतेका दिन भिक्षु अश्वघोष र नेपाल मगर संघका तत्कालीन केन्द्रीय अध्यक्ष स्व. गोरेबहादुर खपांगीबाट संयुक्त रुपमा बौद्ध गुम्बाको उद्याटन भएको थियो । लक्ष्मी आदर्श सामुदायिक वन वडा नं ४ र ६ को कार्यालय २०५१ सालमा स्थापना गरिएको थियो । साथै आमा समुहबाट २०५४ साल फागुन १३ गतेका दिन शिव मन्दीरको स्थापना गरिएको थियो । त्यसैगरि २०६१ सालमा ॐ गायत्री श्रीसरडी साईबाबा मन्दिरको स्थापना गरिएको थियो । राधास्वामी मन्दीरको स्थापना २०६१ साल आषाढ महिनामा भएको थियो । यसरी काम अगाडी बढिरहेको अवस्थामा लक्ष्मीनगर विकास समितिलाई अझ सशक्त र प्रभावकारी बनाउन २०६२ साल माघ ३० गतेका दिन लक्ष्मीनगर बिकास केन्द्रको नाममा बिधान तयारगरि विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय भैरहवा, रुपन्देहीमा गै दर्ता गरिएको थियो । यसरी लक्ष्मीनगर विकास केन्द्रको स्थापना भै लक्ष्मीनगरको विकासमा एउटा एउटा ईंट्टा थप हुँदैं गयो ।
लक्ष्मीनगरमा २०४९ सालताक पुस्तकालयको खाँचो महसुसगरि नौलो प्रभात पुस्तकालयको स्थापना गरिएको हामीले पाउछौं । पुरानो पुस्तकालय भवन भत्काई पुस्तक व्यवसायी संघ सँग सम्झौतागरि ई—लाइब्रेरी तयार गर्न २०७२ सालमा प्रख्यात तथा वरिष्ठ कलाकार महजोडि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यबाट शिलन्यास गराई हाल भवन निमार्ण कार्य धमाधम भइरहेको छ । यो लेख लेख्दासम्म दोस्रो तलाको काम भइरहेको छ । लक्ष्मीनगरको लागि खानेपानी व्यवस्थापन गर्न खानेपानी संस्थानले उकालोमा पानी बितरण गर्न नसकेकोले सुरुका दिनहरुमा साना पानी टंकी निर्माणगरि पहाडी श्रोत बाट पानी उपभोग गर्दै आएकोमा बढ्दो जनआवादीको कारणले पानी आपुर्तिमा कमि भएको हुनाले २०५४–५५ सालतिर ६० हजार लिटरको भूमीगत पानी टंकी फिनिडा परियोजनाले निर्माणगरि जलुके र भालु खोलाको पानी पानीटंकी सम्मल्याई पानीको आपूर्तिमा सहज भएको थियो । केहिवर्ष पछि लक्ष्मीनगरमा जनआवादी तिव्ररुपमा बढ्दै गएकोले पुन पानीको अभाव हुँदैगयो र २०६५ सालमा बिटिआईको समतल क्षेत्रमा भूमिगत खानेपानी योजना तयार गरी पम्पबाट पानी तान्ने काम सुरु गरियो । हालको लक्ष्मीपार्क क्षेत्रमा ४ लाख लिटर क्षमताको अर्धभूमिगत पानी टंकी र तल समतल क्षेत्रमा पंम्पहाउस निमार्णगरि २०६७ साल चैत्र १८ गतेका दिन तत्कालीन रक्षा मन्त्री विष्णुप्रसाद पौडेलबाट समुद्धघाटन भएको थियो ।
लक्ष्मीनगर विकास केन्द्रमा आवद्ध सदस्यहरुको बिचबाट आ.ब.२०६८–६९ मा बाबुराम ढकालको अध्यक्षतामा रुपान्तरण सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको थियो । यसैगरी २०७१ साल आषाढ २४ गतेका दिन बुद्धिसागर भट्टराईको अध्यक्षतामा बुद्धलक्ष्मी सीकाई केन्द्रको स्थापना भई विभिन्न सामाजिक काममा अग्रर भएको हामीले पाउछौं ।
समयको मागका साथै स्थानीय नागरीकहरुको आवश्यकता र चाहानालेनै विकासको लहर आउँदछ । २०६५ सालमा पार्क निर्माणका लागि स्व. गणेश उचै लगायतका अग्रजहरुले अवधारण अगाडि ल्याएको देखिन्छ । सुरुका दिनहरुमा अनौपचारीक रुपमा पार्कमा भौतिक पूर्वाधार तयारगरि केहि संरचना निमार्ण गरिएको थियो । लक्ष्मीनगर खानेपानी समिति, लक्ष्मीनगर बिकास केन्द्रमा रुपान्तर भएपछि पार्कले गतिलिन थाल्यो । २०७४ सालमा लक्ष्मीनगर बिकास केन्द्रले वडा र नगरपालिकाको सहयोगमा पार्कको गुरुयोजना तयारगरि सोहि अनुसार विकास निमार्णको कार्य अगाडि बढिरहेको देखिन्छ । गुरुयोजना तयार हुनु पूर्व २०६९ साल चैत्र २३ गते लक्ष्मीपार्कको प्रवेशद्वार निमार्ण भै सकेको थियो । यसरी लक्ष्मीनगर बिकास केन्द्रले लक्ष्मीनगरको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

सबै काम लक्ष्मीनगर बिकास केन्द्रले मात्र गर्न कठिन देखिएकाले २०७६ श्रावण २ गतेका दिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बुटवल लक्ष्मीपार्कको विधिवत दर्ता गर्ने काम भयो । बुटवल लक्ष्मीपार्कको आफ्नै विधान रहेको छ ।
लक्ष्मीनगरबासीको सामान्य दिचर्या देखियता पनि यहाँ आफ्नै विशेषता रहेको छ । नजानीदो किसीमबाट आफ्नै मौलिकताको आधारमा लक्ष्मीनगर विकास केन्द्र, रुपान्तरण सहकारी संस्था, बुद्ध लक्ष्मी सिकाई केन्द्र, लक्ष्मी आर्दश सामुदाहिक वन वडा नं ४ र ६ साथै बुटवल लक्ष्मीपार्क एकआपसमा अनोन्याश्रीत र भगिनी सम्बन्ध कायम रहेको छ । पानी, अर्थ, शिक्षा र विकास निर्माणमा हातेमालो गर्दै अगाडि बढिरहेको छ । यसक्षेत्र एउटा उदाहरणिय र नमूनाको रुपमा रहेको हामीले पाउछौं । माथी नाम लेखिएका पाचँवटै संस्थामा लक्ष्मीनगर बासीको सदस्यता र आवद्घता रहको हामी छ ।
२०७६ सालमा दर्ता भएको बुटवल लक्ष्मीपार्कले हालसम्म विभिन्न भौतिक संरचनाहरु निमार्ण गरिसकेको छ । पार्कको आन्तरिक बाटो, २०७४ सालमा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले एउटा सेड निमार्ण गरेको छ भने, २०७४ सालमा दुर्गा प्रसाद शर्माले आफ्ना बाबु, आमा र दाजुको सम्झनामा एउटा स्मृति सेड निर्माण गरेका छन् । २०७५ सालमा कञ्चनटोल विकास संस्थाले एउटा सेड निर्माण सम्पन्न गरेको छ । त्यस्तै पार्क भित्र २०७४ सालमा पानी फोहोरा पोखरी, २०७६ सालमा चिल्ड्रन पार्क निमार्ण, २०७७ सालमा विभिन्न संघसंस्था र महानुभावबाट १० थान गार्डेन बेन्च प्राप्त भएको छ । २०७६ सालमा मजदुर भलाई कोषबाट चिल्डे«न पार्कको लागि केहि आर्थिक सहयोग प्राप्त भएको छ । त्यस्तै बुटवल हिल पार्कबाट चिल्ड्रेन पार्कलाई केहिखेलका सामानहरु सहयोग प्राप्त भएको छ । सामुदायिक वन मार्फत रुपन्देही जिल्ला वन कार्यालयबाट २०७७ र ७८ सालमा क्रमशः गोलो फुलकेरिको निमार्ण र पानीपोखरीसहित पानीझरनाको लागि केहि काम सम्पन्न भएको छ ।
२०७७ सालमा पार्कमा रहेका बोटबिरुवा फूल आदिमा पानी सिंचन गर्नका लागि र वनभोजमा आउने आगन्तुक साथै सौचालयमा पानी आपुर्तिका लागि ४० हजार लिटर क्षमताको पानी टंकी निमार्ण भएको छ । २०७७ सालमा २ कोठे साधारण सौचालयको काम सम्पन्न भएको छ भने २०७८ सालमा एभरेष्ट बैंक बुटवल र बुटवल उपमहा नगरपालिकाको सहयोगमा अपांग मैत्री पक्की सौचालयको निर्माण काम सम्पन्न भएको छ । २०७७ सालमा लियो क्लब अफ बुटवल सिद्धबाबाले एउटा सानो सेड निर्माण गरेको छ ।
२०७८ साल पौष महिनामा प्रौढ, यूवायुवती तथा केटाकेटी खेल्न मिल्ने १० किसिमको खुल्ला जिम (व्यायम) उपकरणहरु जडान गरिएको छ । पार्कमा आन्तरिक सौंदरिकरणका लागि फुलकेरी बनाई बिभिन्न किसिमका फूल, बोटबिरुवा, बनस्पती र सदावहार हरियालि रहने विभिन्न प्रजातिका विरुवा रोपिएको छ । २०७८ साल माग १३ गते सम्म बुटवल लक्ष्मीपार्कका आजिवन सदस्य संख्या २६२ रहेको छ ।
आफ्नै विधान बनिसकेपछि जनसहभागिता, आजीवन सदस्यता शूल्क, बुटवल उपमहानगरपालिका र वडा नं. ४ कार्यालयको भौतिक पूर्वाधार वजेटबाट केहि पूर्वाधारका कामहरु अगाडी बढाइ पार्कलाई सुन्दर, सफा र हराभरा बनाउन स्थानियवासीले कम्मर कसेका छन् ।
निश्चय नै सुन्दर र गहकिलो पार्क बनाउन त्यति सजिलो कार्य हैन । दिर्घकालिन योजनाबाट मात्र पार्कलाई अगाडी बढाउन सकिन्छ तसर्थपनि पार्कको गूरु योजना बनेको छ त्यसैलाई मार्ग निर्देशकको रुपमा हेरी बालमैत्री, अपाङ्ग मैत्री, जेष्ठ नागरिक मैत्री र आन्तरिक र बाह्रपर्यटकको आगमन क्षेत्रको रुपमा विकास गर्नु पर्ने हुन्छ । संघ, प्रदेश, स्थानिय निकाय, निजी क्षेत्रका संघसंस्था, स्थानिय जनसहभागिता र सर्वसाधारणको सहयोगले मात्र गन्तव्यमा पुगिन्छ भन्ने मूलमंत्र अगाडी सारिएको छ ।
मानिसको मन खहरे खोलाझैं उर्लिरहेको हुन्छ, भलभल उम्लेको पानी जस्तै मन उम्लीरहेको हुन्छ, मन हावाझै अस्थिर भैरहेको हुन्छ आखिर मन भुलाउने कहाँ त ? भुल्न जाने कहाँ त ? मनका व्यथा विसाउने कहाँ त ? सायद शान्त, मनोरम, मन्द सुसाउने हावा र प्राकृतिक छटा नै त हो ।
बुटवल लक्ष्मीपार्क यहाँहरु सबैको पर्खाईमा बसेको छ, यहाँहरुको सहयोगि हातहरुको न्यानो स्पर्श खोजिरहेको छ । यदाकता बुटवलको दार्जलिङ्ग भनेर चिनिने बुटवल लक्ष्मीनगरको लक्ष्मीपार्क भरखरै पूर्वधार निर्माणमा लागेको छ तथापि एक पटक घुमेर, अवलोकन गरेर हेरिदिनु र यहाँहरुको सुझाव, सल्लाह र सहयोगको अपेक्षा राख्दछौँ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)