दूधेश्वरबाट दुप्चेश्वर !

गाउँपालिका परिचय

स्थानीय वासिन्दाहरुको आस्थाको केन्द्र रहेको दुप्चेश्वर महादेव मन्दिरको नामबाट दुप्चेश्वर गाउँपालिका (दुगापा)को नाम राखिएको हो ।

दुप्चेश्वर महादेव मन्दिरको उत्पत्ति सन्दर्भमा पनि विभिन्न प्रकारका पैराणिक जनश्रतिहरु रहेको पाइन्छ । पौराणिक कथन अनुसार चारसय वर्षअघि एक स्थानीय तामाङ्को दुहुनो गाई गोठालोमा हराएपछि सपनामा उनलाई गाई रहेको स्थानबारे एक जोगीले जानकारी गराएका र त्यसपश्चात् गाउँलेहरु ठाडो पहरोमा लट्ठा चढी हेर्न जाँदा उक्त गाईले स्वयम उत्पत्ति भएका महादेवको मन्दिर भएको स्थानमा आफ्नो चारवटै थुनबाट दूध बहाइरहेको भेटिएपछि दूधेश्वरबाट अपभ्रंश हुँदै दुप्चेश्वर नामकरण हुन गएको भनाइ छ ।

त्यसैगरी, अर्को एक जनश्रतिअनुसार समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुन्ड जाँदा दुप्चेश्वरमा आएको भनाइ रहेको पाइन्छ । दुप्चेश्वर गाउँपालिका पर्यटकीय स्थलको रुपमा पनि प्रख्यात रहेको छ ।

यस गाउँपालिकाको सदरमुकाम समुन्द्रटारमा रहेको छ । नुवाकोट जिल्लाका साविकको इलाका नं १२ का केहि र १३ का सवै साविक गाविसहरुलाई मिलाएर बनाइएको हो । दुप्चेश्वर गाउँपालिका अन्तरगतका साविक गाविसहरुमा शिखरबेसी, समुन्द्रटार, राउतबेसी, गाउँखर्क, बालकुमारी, बेतिनी र घ्याङ्फेदी हुन् । (स्रोतः दुगापा)

Ad

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button