पागलै बनाउने पाङसाङ

अशोक सिलवाल
चालिसगाउँ, रुबी भ्याली, धादिङ ।

हिजो त बाटोमै अध्याँरो भयो तर मन उज्यालै दृश्यहरुले । आज त्यो उज्यालोमा अझ थपिएको छ प्रकृतिको परम पवित्र प्रकाश । भर्खरै ब्रान्डिङ भएको काठमाडौं नजिकैको पर्यटकीय उपहार धादिङको रुबी भ्यालीको खास डेस्टिनेसन पाङसाङपास । पागलै बनाउने पाङसाङपास ।

हो, म त झन्डै पागलै भएको थिएँ । जता हेर्यो उतै हिमाल । त्यति मात्र कहाँ हो र ! त्यो पास आफैमा पनि उस्तै । तिब्बततिर पुगेजस्तो भयो मलाई । बिहान सोमदाङबाट हिँडेको । पाङसाङ तल तिप्लिङमा लन्च । कामी डाँडाबाट झरेर चालिस गाउँमा आजको बास ।

बाँकी बकबक होइन, दृश्य दर्शन गरौं ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button