आमा ! कोरोना कहरले मुख हेर्न आइन
गीता चालिसे
बिहानै उठ्ने बेला
दुध ल्याई
पटक पटक उठाउँदा
रिसाई, झर्की उठ्ने म
अहिले त
हजुरको सँस्कार पछ्याउँदै
जुरुक्क उठ्ने भएकी छु आमा ।
स्कुल जाने बेलादेखि
जवानी हुँदासम्म
हजुरले कोरिदिएको बाटोमा
उज्ज्वल भविष्य खोज्दै
सुमार्गी, व्यवहारिक र आदर्श छोरी
बनाउने सपना तिम्रो
जीवनका दुखसुखको घाम छायाँमा
कमर्ठ छोरी बनाएकी छौ आमा ।
आमाको मुख हेर्ने दिन
कोरोनाको कहरले आउन सकिन आमा ।