वेदअघि मुन्धुम ! (भिडियोसहित सौरभ)
विश्लेषक सौरभले एमसिसीले नेपाललाई कालान्तरमा सिध्याउने बताएका छन्| आफ्नो असहमति शृंखलाको तेश्रो पुस्तक ‘असहमति-३’ को लोकार्पण भिडियोमा उनले भनेका छन्, ‘बिआरआई, बिमेस्टेक, एमसिसीजस्ता पश्चिमाहरूका लगानीले साना मुलुकमाथि निरंकुशता बढ्छ र एकदिन त्यसले राष्ट्रको अस्मिता माथि प्रश्नचिह्न खडा गर्छ ! हामीलाई सिध्याउन अहिले सबै लागिपरेका छन्, यदि यस्तै अवस्था रहे हामी बर्मा, ग्रीस, अलबानियावा दक्षिण कोरियाजस्तो हुन सक्छौँ | यी कुरालाई आधारभूत रूपमा कम्युनिस्टहरूले संस्थागत गर्न खोजिरहेका छन् । त्यसैले मैले किताबमा मार्क्स र क्राइस्टबाट मुक्ति शीर्षकमा दुईवटा लेख लेखेको छु ।’
बुक-हिल पब्लिकेसनले सार्वजनिक गरेको उनको पुस्तक लोकार्पणको भिडियोमा उनले वेदभन्दा अघि मुन्धुम लेखिएको समेत बताएका छन् ! उनी भन्छन्, ‘तैत्तिरीय संहिता भनेको मुन्धुम नै हो । आफूलाई नेपालीहरूले आफैँ चिन्नुपर्यो !’
इतिहास निर्माणका क्रममा गरिएका अपव्याख्या, नेपाली भूगोल, सभ्यता, धर्म, भाषा, संस्कृति, सम्पदा, संस्कार र जीवनशैलीप्रति बोलिएका धावाहरूको जवाफको रूपमा आएको असहमति-३ले पाठकको मन जित्ने समेत उनले विश्वास लिएको बताएका छन् ।