पर्यटन व्युँझाउन पश्चिमको महेन्द्रनगरदेखि पूर्वको पशुपतिनगरसम्म साइकल यात्रा

विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा पर्यटन व्यवसायीहरुको एउटा समुहले पश्चिम नेपालको महेन्द्रनगरदेखि पुर्वी नेपालको पशुपतिनगरसम्म साईकल यात्रा गर्न लागेका छन् ।
पश्चिमको महेन्द्रनगरबाट सुरु हुने यो साइकलयात्रा ठाकुरद्वार, नेपालगन्ज, वीरेन्द्रनर, घोराही, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट्, हेटौडा, वीरगन्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै काकडभित्तासम्म पुगी आन्तरिक पर्यटन प्रवर्धनको लागि नेपाल पर्यटन वोर्डको सन्देश प्रवाह गर्ने वोर्डले जनाएको छ ।
काठमाडौंबाट महेन्द्रनगरतर्फ प्रस्थान हुने साईकल यात्रीहरुको समुहलाई नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले १७ कार्तिक (नाभेम्बर २) बिहान बोर्डको प्राङ्गणबाट बिदाई गर्ने कार्यक्रम रहेको छ । नेपाल पर्यटन वोर्डको प्रवद्र्धन तथा टान, नाटा र एनएमएको सहयोगमा हुन लागेको तीन हप्ताको साइकल यात्रापश्चात साइकलयात्री समुह काठमाडौं फर्किने छ । शंकर अधिकारी, सुवास केसी, मुक्ति पान्डे, राजेन्द्र सापकोटा, सीएन पान्डे लगायत १५ जना पर्यटन व्यवसायी सहभागी हुनेछन् ।
कोभिडले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुनर्जिवन प्रदान गर्ने उद्धेश्यसहित आन्तरिक पर्यटन प्रवर्धन गर्न र बोर्डको सन्देशलाई देशव्यापी रुपमा प्रवाह गर्नका यो साइकल यात्राले मद्धत पुग्ने विश्वास लिएको बोर्ड सदस्य दीपक महतले बताए ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button