आकस्मिक आइसब्रेकः सरकार-विप्लव सहमति
सरकार र विप्लव नेतृत्वको नेकपाबीच सहमति भएको छ । ३ बुँदे सहमतिमा सरकार र विप्लव समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषय समेटिएका छन् ।
सहमतिको विस्तृत विवरण शुक्रबार सार्वजनिक गरिने सरकारका तर्फबाट रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शुक्रबारको समारोहमा सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ ।