प्रकाशचन्द्र नेतृत्वमा विवेकशील साझाको सञ्चार तथा सूचना प्रविधि विभाग

सचिवालय सदस्य प्रकाशचन्द्र परियारको नेतृत्वमा विवेकशील साझा पार्टीले सञ्चार तथा सूचना प्रविधि विभाग गठन गरेको छ। पार्टीका गतिविधिलाई आम सञ्चार, सामाजिक सञ्जाल, सूचना र प्रविधिसँग जोड्न विभाग गठन गरिएको विभागका प्रमुख परियारले बताए ।

विभागको उपप्रमुखमा हरिशप्रसाद भट्ट तथा सदस्यमा रोशनी अधिकारी, आशिष जोशी रेग्मी, कृष्णा ताम्राकार, सूर्यदीप रेग्मी, उद्धवराज भेटवाल, नरेश भण्डारी र मनन महर्जन चयन भएका छन् ।

पार्टी प्रवक्ता शरदराज पाठक र केन्द्रीय कार्यालय व्यवस्थापन विभागका प्रमुख दीपकप्रसाद उप्रेती विभागका पदेन सदस्य बनेका छन् ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button