किस्पाङमा हिउँ, क्लिक ! क्लिक ! क्लिक !
नेपालनाम्चा सम्वाददाता, नुवाकोट । किस्पाङको वडा नं ४ मा योजना संचालनसम्बन्धि उपभोक्ता समितिका पदाधिकारीहरुलाई गाउँपालिकाले दिएको एक दिवसीय अभिमुखिकण कार्यक्रम चलिरहेको थियो । त्यही क्रममा अचानक हिउँ पर्यो । कार्यक्रम सकिएलगत्तै हिउँसँग खेल्दै रमाउँदै भटाभट फोटो क्लिक ! क्लिक ! क्लिक !
साल्मेमा मात्र होइन पालिकाका १, २, ३ वडाका माथिल्लो भागकोे अधिकाँश स्थान र ४ वडाको पुरै स्थानमा हिउँ परेको पालिका अध्यक्ष छत्र लामाले नेपालनाम्चालाई जानकारी दिए । ‘भाल्चे र साल्मे पुरै सेताम्मे’ उनले थपे, ‘माथि फिकुरीमा त हिउँ लटरम्मै ।’
हेरौं, हिउँसँग खेल्दै रम्दै स्थानीयका तस्विरहरु । (फोटा सौजन्य- छत्र लामा, खुमबहादुर घर्ती)