‘ट्राफिक जरिवाना’ अनलाइनबाट पनि
काठमाडौँ, २१ माघ । सवारी नियम उल्लङ्घन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम आजदेखि अनलाइनबाटै भुक्तानी गर्न सक्ने छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरी कार्यान्वयनमा ल्याएको हो । ट्राफिक महाशाखाको ट्राफिक भाइलेसन रेकर्ड सिस्टम (टिभीआरएस), नेपाल सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली (आरआइएमएस) र सेवा प्रदायक संस्थाबीच आबद्ध भई जरिवाना रकम भुक्तानी हुने गरी उक्त प्रणालीको विकास गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।