निर्वाचन आयोगले सात अर्ब सात करोड माग्यो

काठमाडौँ, २१ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि रु सात अर्ब सात करोड ९४ लाख ८० हजार रकम माग गरेको छ । सो रकम निकासका लागि अर्थमन्त्रालयलाई पत्रचार गरिएको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका हुन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग मङ्गलबार भएको छलफलसमेतका आधारमा निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक न्यूनतम कार्यका लागि मात्र बजेट माग गरिएको बताइएको छ । विगतका निर्वाचनमा प्रयोग भई हाल मौज्दात रहेका मतपेटिकालगायत विभिन्न उपकरण र सवारीसाधन मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएको तथा नयाँ सामग्री, उपकरण र सवारी साधन खरीद गर्ने गरी बजेटमा समावेश नगरिएको जानकारी दिइएको छ ।

कोभिड–१९ सगँ सम्बन्धित सुरक्षा सतर्कताका लागि आवश्यक न्यूनत्तम सुरक्षा व्यवस्थाका लागि रु ३७ करोड ४१ लाख ७४ हजार प्रस्ताव गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । नर्वाचनको काममा आयोग, ७७ जिल्ला निर्वाचन कार्यालय, १६५ निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी न्यूनतम सङ्ख्यामा रहने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button