फिकुरी क्याम्पसको पार्षद भेला सम्पन्न

किस्पाङ गाउँपालिकाको सातदोबाटोस्थित फिकुरी बहुमुखी क्याम्पसको तेस्रो पार्षद भेला सम्पन्न भएको छ । नेपाल प्राध्यापक संघका पूर्व सभापित रामेश्वर उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा क्याम्पसका संरक्षक एवम् पूर्व अध्यक्ष समेत रहेका उपाध्यायले शिक्षा नै विकासको पहिलो जग भएको बताउँदै फिकुरी क्याम्पसले गाउँको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

भेलामा विशेष अतिथी पालिका अध्यक्ष छत्रबहादुर लामाले फिकुरी क्याम्पसकै कारणले गाउँमै बसेर उच्च शिक्षा हाँसिल गर्ने स्थिति बनेकोमा खुशी व्यक्त गरे । क्याम्पस अध्यक्ष कृष्णप्रसाद भट्टको सभापतित्वमा सम्पन्न भेलामा वडा न २ अध्यक्ष देवनाथ भट्ट, वडा सदस्यहरु तुलसीप्रसाद फुँयाल, बद्री देवकोटा, पालिका सदस्य सुनिता परियार, नेकपा इन्चार्ज अर्जुन न्यौपाने, पूर्व क्याम्पस अध्यक्ष भोजराज भट्ट, ज्ञानज्योती माविका पूर्व अध्यक्ष, नारायणप्रसाद ढुंगाना, ज्ञानज्योती माविका अध्यक्ष नारायण लामा, एसेलु भुमे माविका अध्यक्ष नन्दराम न्यौपाने, शिक्षा अधिकृत चक्र साउदलगायतको उपस्थित थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button