
जय शम्भो ! दृष्टि कम भो !!

कविता
पेशल आचार्य
बम भोले !
जय शिव शङ्कर !!
प्रिय आशुतोष !!!
जड नाशक
भयहर्ता
कल्याणकर्ता
विश्व ब्रह्माणका पिता
अन्तरिक्षका गुरु
खगोलका मोनिटर
तिमी नै हौ विघ्नहर्ता !
संसारको पहिलो ‘इन्टरकाष्ट’ जोडी
भूगोलको सम्यक सम्बन्ध कारक
बाबा पशुपतिनाथ
क्रीडा र केलीका उत्ताल नायक
वशिभूत बनाउने तिम्रो बानी व्यवहार
जडीबुटी र
तामसी पदार्थले
लठ्ठ भैरहने तिम्रो बानी
मत्र्य, आकाश र पाताल
सबैतिर ग्राह्य छ
जय शम्भो !
शिव बाबा
महेश
आशुतोष
किराँतेश्वर महादेव
देवाधिदेव ईष्ट देव
सब प्राणीका कल्याणकारक
हर्ता, भर्ता औ
मुक्ति दाता
सकल ब्रह्म्राण्डको
कल्याण गर !
हाँसी हाँसी
पार लगाऊ
लौकिक डुङ्गा !
मायाको यो भवसागरबाट !!
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)