भजन: ॐ नम शिवाय

राजकुमार कार्की
मे न पा- १५, झापा

ॐ नम शिवाय हर हर हर हर महादेव
जय शम्भु भोले बाबा हर हर महादेव
देवादी देव जय जय हर हर महादेव
ॐ नम शिवाय हर हर हर हर महादेव।

हातमा डम्बरु त्रिशुल लिएका भोले बाबा
जटा धारी तिमी हौ खरानी धारी नै बाबा
प्राणीको दु:ख हरण गर्ने तिमी नै हौ बाबा
सर्पको माला लगाउने हौ जटाधारी बाबा।

कालकुट विष सेवन गर्ने तिमी हौ भोले बाबा
फलफूल बेलपाती भेटी चढाइ पूजा गर्छौ बाबा
चारै वेदका ज्ञाता तिमी नै हौ एक भोले बाबा
सारा प्राणी जगत तिम्रै शरणमाछ भोले बाबा।

भाङ धतुरो खाइ सारा शरीर भरी खरानी धस्ने
बाघको छाला ओछ्याइ कैलाशमा ध्यान गरि बस्ने
माता पार्वतीको साथ तपस्या गरि कैलाशमा बस्ने
तिमी नै हौ जगतका मालिक सबको मनमा बस्ने ।

ॐ नम शिवाय हर हर हर हर महादेव
जय शम्भु भोले बाबा हर हर महादेव
देवादी देव जय जय हर हर महादेव
ॐ नम शिवाय हर हर हर हर महादेव।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button