कन्यार्थ आई केटी माग्ने त्यो परम्परा, भेलेन्टाइन डे ले पो गाडेछ जरा

दुर्गा कार्की

खै रोज डे रे !

खै कता बतासिॅदै छ संस्कृति,
भित्रभित्रै भित्रिदैछन् विकृति ।

कहिले रोज डे त कहिले प्रोपोज डे
भ्यालेन्टाइन डे को यत्रो तयारी रे ।

भर्खर पलाएका पालुवाहरु बतासिएर,
चलेको हावाले मुनाहरु नै भाँचिने हुन कि ?

अर्काको संस्कृतिले गाँजिएको छ देश
उस्तै छ पहिरन भेषभुषा परिवेश ।

कन्यार्थ आई केटी माग्ने त्यो परम्परा
भेलेन्टाइन डे ले पो गाडेछ जरा ।

कत्रो इज्जत थियो कन्यार्थ जानु र आउनुमा
सरसल्लाह गरी हेराई कुराई विवाह हुनुमा ।

गुलाफको जुन महत्व थियो, अब घट्दै छ,
सुकोमल गुलाफका ती पत्रदल एक एक गरी झर्दैछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button