सम्झनाः भेरीमा विलिन नवराजहरु

शान्ता भट्टराई

एक्कासी ढुङ्गा, भाटा बर्सिए, अवाक भएँ हेरी म
दुल्है लिन गाको आमा तिम्रो छोरो विलिन् भए भेरीमा
दुईचार जन प्रत्येक युगमा बौलौनु पर्ने हरे
यति नभै समाज परिवर्तन अनि विकास हुन्न अरे ।

चारैतिर घेरा हालिकन खेद्दै पुर्याएथे पुलमा
जन्मिनु दोष त्यही थियो मेरो दलितका कुलमा
विश्वासको गहना, मायाको पोतेले बेरेर अङ्गालोमा
भित्र्याउने सपना सपनै रह्यो भेरीको भङ्गालोमा ।

भाग्ने ठाउँ नराखी लखेटेरै मारे यो कस्तो दानवता
भाषण र नारामै सिमित् हुनगयो जातीय समानता
साथ दिन गएका पाँचैजना साथी त्यै घानमा परी मरे
दानवरुपी जनप्रतिनिधि मिली साह्रै नराम्रो गरे ।

कोरोनाले त्राहि त्राहि पार्यो यहाँ चिन्तित् सारा जगत
भेरीको पानी नपिउनु कसैले मिस्याछ मेरो रगत
डोलेलाई नवराजले पठाएथे चन्द्रावतीलाई लिन
ऐलेको नवराज दुल्है लिन जाँदा सकियो है जीवन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button