राष्ट्रको हालत हेर न चम्पा हालमा आएर, खिइँदै गाछ राजनीति सबै सुकेनास लागेर

सहीद

सानियाँ कँडेल

सङ्घर्ष भन्ने चीज कस्तो रैछ भोगेर हेरन
राष्ट्रका प्रेमी ती महानलाई स्मरण गरन
अगाढ स्नेह गरेका थिए तिनीलाई पचेन
आखिर शरीर चुँडेर लगे पश्चाताप भएन ।

यो माया मोहित, यी प्राणप्यारी नेपाललाई सोधन
को कस्ता थिए के कति गरे अवलोकन गरन
उनका ती साहस उनको त्यो प्रण मनन गरन
रगतको अन्तिम त्यो थोपालाई सलाम गरन ।

म मेरा सपना मारेर भएनी सत्यलाई पछ्याउँछु
भनेका थिए शान्तिका लागि गर्धनै तेसार्छु
बोलीको पक्का रहेछन् उनी लडेरै देखाए
खाएको त्यो अटूट वाचा निभाएरै देखाए ।

राष्ट्रको हालत हेर न चम्पा हालमा आएर
खिइँदै गाछ राजनीति सबै सुकेनास लागेर
सधैँको कलह उत्तिकै अशान्ति बढ्दो छ आएर
अत्यासै लाग्छ तन(मनै पोल्छ यस्तो दुर्गति देखेर ।

आजसम्म जे भो त्यसको पुनः परिमार्जन गरौँ है
शान्तिलाई कायम राखी विकासतर्फ ध्यानाकर्षण गरौँ है
अपूर्ण ती उनका अनगिन्ति सपना साकार पारौँ है
धिक्कार्ने छन् ती आत्माले फेरि विचार गरौँ है ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button