यो सहर बालेनको हो

कविता

विनोद अर्याल

यो सहर त बालेनको मात्र पो हो नि
बाटो साँघुरो भए पनि बालेन
फूटपाथ कब्जा गरे पनि बालेन
कब्जा गर्नेहरु लखेटे पनि बालेन
ए है यो सहर त बालेनको पो हो नि ।

रातारात छापाखानाको मेसिनले लेख्दैछ
बालेन हेडलाइनमा ताजा खबर बन्दैछ
सहर धुलो धुवा फोहोरले तलाउ बन्दैछ
ऊ त यी सबैको कारण बालेन देख्दैछ ।

छेपारेले समाचार लेखेको लेखैछ
बलेनको डोजर कुदेको कुदेईछ
सुकुम्बासीले महल ठडाको ठडाइछ
प्रगति देख्न नसकेर आँखामा पट्टि बाधेको बाँध्यैछ ।

सरकारी सम्पति कब्जा गर्नेको नाइकेलाई गारो भाको छ
आजकाल नाइकेहरुलाई बडावकिल प्यारो भाको छ
बडावकिललाई पनि त नाइकेको पैसा प्यारो भाको छ
सहर सभ्य बनाउँछु भन्ने बालेन सबैको तारो भाको छ ।

ए बालेन किन यस्तो मुर्ख भाको ?
ठुला बडाको कुरा सुन्नु पर्दैन ?
मान्छे चिनेर व्यवहार गर्नु पर्दैन ?
सके कानुन आफै मिच्नु पर्दैन ?
नसके अरुलाई दिनु पर्दैन ?

बालेन
सहरमा सबैले भगवान बनाइसके
छेपारे त नामको अगाडि भगवान लेख्न थालेछ
उसले त मुर्ति पनि बनाईसक्यो रे
साइत हेरी मुर्तिमा कालो चस्मा लगाई पुजा पो थालेछ ।

ए ए कता गनायो रे
धुलो उडेर तलाउ ढाको रे
महलका हुकुम्बसिको बिचल्ली भो रे
तिम्रो सहरमा प्रेमीको बेहाल भो रे
प्रेमको सरकार उठ्नै नसक्ने गरी ढल्यो रे ।

कस्तो निष्ठुरी रहेछ यो बालेन
कस्तो अबुझ रहेछ यो बालेन
सबैको समस्या बुझ्नु पर्दैन
के सबैको मुख्मुखै लगेर बसेको
धराने जस्तो चुपचाप ढुंगा बोक्नु पर्दैन ?

यी सबैको कारण बालेन हो
कोटमाथि कालो चस्मा ढल्काउने हो
सम्मान नगरी ठुलालाई जवाफ फर्काउने हो
मुख्यत यो सहर बालेनको हो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button