
नैतिकताले बाँधिएको थियौ भने पर्दाको आवश्यकता हुन्थ्यो र ?
निर्लज्ज
लक्ष्मी मैनाली पाठक
यहाँ आफुले आफुलाई भुलिसक्यौ
मान्छे भएर विवेक भुलिसक्यौ
अन्तरआत्माको भगवानलाई छलेर
कुकृत्यको भकारी भरिसक्यौ ।
रङ्गमन्चको कलाकार झै
कथा बिनाकै नाटक रचेर
भ्रमको खेती फस्टाउँदै छ
आफ्नै स्वाभिमान बेचेर ।
निर्लज्ज नंग्यायौ आफैलाई
ढाकिनुको अर्थ के छ र ?
नैतिकताले बाँधिएको थियौ भने
पर्दाको आवश्यकता हुन्थ्यो र ?

बेवारिसेमै जिन्दगी सक्नु थियो त
कर्तव्यको शिक्षा चाहियो किन ?
झेल र खेलमै सक्नु थियो त
इमान्दारीताको स्वाङ रच्नु किन ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



