
नयाँ–नयाँ घोषणापत्र जनता झुक्याउने मन्त्र
लक्ष्मी मैनाली पाठक
फेरि पनि बोकी आयौ
नयाँ–नयाँ घोषणापत्र
जनतालाई झुक्याउने
एउटा मुल मन्त्र
मिठा मिठा शब्द भरी
ललिपप बाड्यौ
बर्षौं बर्ष भइसक्यो
यसरी नै ढाट्यौ
समृद्धिको खोक्रा कुरा
छाटेको हो कठै
जनतालाई लात मारेर
ढाटेकै हो सधै
विकासको मुल फुट्यो रे
रेल जहाज गाडा
अझ पनि तेरस्याउँदै छन्
चुहिने त्यो भाँडा
रोजगारीको मुल फुट्यो रे
अनुदान छन् ठुला
खोक्रो भाषण छाट्छौ तिमी
कुरा ठुला ठुला
एक बोरा मलको लागि
किसान पर्यो थला
कृषिप्रधान देश रे मेरो
लाग्दैन र लाज ?
भेडाको उपनाम सुन्छौ
तिमी कति
अझै पनि चेत नखुले
बाँकी हुन्न रति ।
अर्जुन दृष्टि बनाएर
लक्ष्य अघि सार
जे जे होला हुन्छ अब
तिम्ले लाउनु पार
तिम्रो एउटा निर्णयले
थपिदिन्छ्न् सिडि
स्वबिचार राम्रो गर्दा
अघि बढ्छन् पिडि
दोष मात्र नदेउ अब
स्वनिर्णय गर
झुटो सपना पर सारि
आफ्नै लागी लड ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



