ट्राफिक प्रहरीको प्रश्न : हजुरको मास्क खोई ?


४ असोज दैलेख ।


कर्णाली राजमार्गमा ट्राफिक प्रहरीले मास्क प्रयोगमा कडाइ गरेको छ । प्रहरीले मास्क नलाउने चालक तथा यात्रुलाई नीग्रानी गर्ने गरेको हो ।
आठबिस नगरपालिका ४ राकम कर्णाली स्थित अस्थाई ट्राफिक प्रहरी पोस्टले मास्क नलगाउनेलाई प्रयोग गर्न आग्रह गरिरहेको छ । राकममा “हजुरको मास्क खोइ ?” भन्ने ब्यानर नै राखिएको छ ।
ट्राफिक प्रहरी जवान लोक रावतका अनुसार मास्क प्रयोग नगर्नेलाई पहिलो चरणमा मास्क लगाउन आग्रह गरिएको र केहिलाई मास्क बितरण गरिएको छ ।


उनका अनुसार पटक पटक अटेरी गरे कार्वाहीका लागि जिल्ला चलान गरिने छ ।
देशभर पछिल्लो २४ घणटामा १३ सय २५ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय ६६ जना कोरोना संक्रमणमुक्त पनि भएका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button