संसद विघटन प्रकरण: कसले के भने ?

मन्त्रिपरिषदद्वारा संसद विघटनको सिफारिस राष्ट्रपति समक्ष पेश । औचित्य प्रमाणित होला त ?
जनकजीवन उपाध्याय, नेता, नेपाली काँग्रेस, रसुवा


प्रधानमन्त्रीको पछिल्लो कदम जुनसुकै नियतले उठाइएको भए पनि संविधान सम्मत छैन । यसले राजनीतिक र संवैधानिक संकटसँगै वाहृय हस्तक्षेप निम्त्याउने खतरा बढेको छ ।
भीमार्जुन आचार्य, संविधानविद्


कमरेड ओेली र ओेलिज्मको नियतबारे बारम्बार लेख्दै बोल्दै आइयो। धेरैलाई लाग्यो कि पुर्वाग्रह थियो। आजबाट प्रष्ट भयो होला कि उनी कुन हदसम्म झर्न, गिर्न तयार थिए। स्थीरता र दुई तिहाइको भाष्य कति अर्थहीन थियो । लोकतान्त्रिक संस्कृतिको अपेक्षा र ओलिज्मबीच कति धेरै ग्याप थियो ।
डम्बर खतिवडा, नेता, जनता समाजवादी पार्टी


छिचिमिराहरुको नियति नै यहि हो, जो न त चील हुनसक्छन् न त पुतली । संसद विघटनको सिफारिस दुर्भाग्य हो । यो राजनीतिक पतनका लागि खड्गप्रसाद ओलिलाई इतिहासले कहिल्यै माफ गर्ने छैन । सिफारिसको निर्णय फिर्ता लेउ।
केशव दाहाल, नेता, विवेकशील साझा पार्टी


आफ्नो त दिल गार्डेन गार्डेन भएको छ, कसैलाई झोक चल्या भए माफ पाउँ ।
अरुणकुमार सुवेदी, विश्लेषक


प्रधानमन्त्रीको यो कदम संविधानको दृष्टिमा असंवैधानिक र राजनीतिकक हिसाबले जनमत प्रतिको बेइमानी हो । मुलुकमा संविधानको संरक्षक राष्ट्रपति संस्था छ र संविधानको ब्याखाता सर्बोच्च अदालत जिउँदै छ । त्यसैले प्रधानमन्त्रीको यो कदम सफल हुन्छ भन्ने लाग्र्दैन ।
शिव गाउँले, पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ


पौष १ गते गर्नु पर्ने काम ओली बाले ४ दिन ढिला गरेछन् !
रमा सिंह, प्रथम समाचारवाचक, नेपाल टेलिभिजन


संसद बिघटन जस्तो असंबैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक निर्णय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि नै कू गरेका छन् । लोकतन्त्रमाथि गरिएको यो प्रहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि पनि पर्ने पक्का छ ।
अजयबाबु शिवाकोटी, महासचिव, नेपाल प्रेस युनियन


मौलाउदै गएको भ्रस्टाचार र दलमा रहेका भ्रस्टाचारीकै कारण नयाँ जङ्गबहादुरको उदय ।
कृष्णबहादुर महरा, पर्यटन व्यवसायी


अव चुनाव ! मध्यावधि ! कुकुरहरुलाई घिउ नपचेको !
सायद केपि एमसीसी पक्ष र विपक्षमा मोर्चा बनाउने तयारीमा छन !
हुनेछ लोकतन्त्र रक्षाको पक्ष र विपक्षमा ! वर्तमान सत्तारुढका हुन नपायका सत्तारुढका बहुमत । नेका+जनता समाजवादीको मेर्चाले संभवत सबै अंहकार र अंहकारहरुलाई धुलो चटाएर राजनैतिक हैसियक प्रदान गर्ने भन्ने हुनेछ !
स्थाई मोर्चा भने नेका+केपी
नेकपां+जनता समाजवादी
बांकि वरपर रहदा नै नेपालको राजनितिले स्थायित्व ग्रहण गर्न सक्नेछ !
ज्योति अधिकारी, पर्यटनकर्मी


प्रधानमन्त्रीज्यू २४ घन्टा ओखतीको प्रभावमा रहनुहुन्छ भन्ने कुरा थप पुष्टि भयो । त्यसो त उहाँ औषधीकै प्रभावमा बोल्नुहुन्छ, मानवीय चेतनाले होइन भन्ने कुरा भान्छाभान्छामा ग्यास पाइप, पानीजहाजको टिकटदेखि कोरोनामा बेसार सिफारिससम्मले पुष्टि गरिसकेकै हो । संविधानमै नभएको अधिकार प्रयोग गर्न खोज्नु भनेको आफैं पंगु हुनु हो भनेर त सामान्य चेत भएका सल्लाहकारले पनि सुझाए होलान् तर के गर्नु नशा भनेको नशै हो नि ।
नवराज अधिकारी, पत्रकार


बोकाको मुखमा कुभिण्डो !
माल पाएर चाल नपाउने !
अभागीलाई खानेबेला रिस उठ्यो !
सौताको रिस,पोइको काखमा फोहोर । स्वाभिमानलाई देवताको अवतार बनाएर सिध्याए । धिक्कार !
अश्विनकुमार पुडासैनी, लेखक


नेपालमा ल्यायो बहु-दलदल ।
सुरेशमान उलक, डिजानर


देख्यौ, तिम्रा राजनेताको हैसियत ! इतिहासकै बदनाम र कलङ्कित नेता बन्ने भए ।
घनेन्द्र ओझा, पत्रकार एवम् कवि


चिसो घरमा के सुत्नुरु घरमा आगो लगाए एक रात भए नि तातैमा बसिन्छ भन्ने कुरो आयो । लाजनीति ।
प्रवेश सुवेदी, पत्रकार एवम् आइटीकर्मी


संसद विघटन ओलीलाई काइदा, काँग्रेसलाई फाइदा, बाठो बन्न खोज्ने ट्वा १
अशोक दुलाल, फोटो पत्रकार


खरानी पथ – कालो दिन ।
ऋषिप्रसाद नेपाल, पर्यटनकर्मी


आज रमिता छ ।
पवन आचार्य, पत्रकार


व्यक्तिको अहम र निहित स्वार्थकालागि जनमतको यतिधेरै अनादर गर्ने अधिकार कसैलाई छैन ।
मुर्दावाद ।
पुरु लम्साल, कवि


जनमतको यसरी अनादर गर्नेले भोली जाने कहाँ होला ?
राजन ढकाल, टुर गाइड


सायद यस्तै नयाँ युगको कुरा गरिएको रहेछ उबेला । नालायक ओली मुर्दावाद ।
पशुपति कंडेल, सचिव, नेपाली कांग्रेस धादिङ-काठमाडौ सम्पर्क समिति


दुर्घटना भनेको अचानकै हुन्छ । तर, त्यसको परिणाम जनताले भोग्नुपर्छ ।
खुमलटार (ललितपुर) बैठकपछि प्रचण्ड बालुवाटार (काठमाडौं) प्रस्थान ।
‘गेम’ सुरु भएको छ । #हेरौं, साँझसम्म कसको पल्ला भारी हुन्छ ?
युमाश शेर्पा, पत्रकार

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button