… त्यसरी त्यो ७ बर्षे केटो अल इन्डिया रेडियो पुग्यो
सन्दर्भः विश्व प्रेस स्वतन्त्रता दिवस
प्रकाशप्रसाद उपाध्याय
सन् १९५० तिर ७ वर्षको केटो हुँला । घरमा एउटा रेडियो थियो । ब्याट्रीसित जोरेर त्यसको एउटा टाँकसरहको उपकरणलाई घुमाउँदा त्यसबाट कहिले गीत त कहिले समाचार आउने गर्दथ्यो । यसले म बालकभित्र सदैव कुतुहल जगाउँथ्यो । कहिलेकाहिँ त्यसको पछाडिपट्टिको काठका प्वालबाट चियाउँदा भित्र केही ठूलठूला बल्बहरु बलिरहेका देखिन्थे । त्यसको अतिरिक्त अरु केही देखिँदैनथ्यो । यसो हुँदा सदैव जिज्ञासा उत्पन्न हुने गर्दथ्यो यो मानवस्वर कताबाट आउँछ, कसरी आउँछ भन्ने ।
ती दिनहरुमा बिजुली नभएकोले रेडियो बजाउन ब्याट्री नै चाहिन्थ्यो । अनि चाहिन्थे दुइवटा लामालामा बाँस, जसका टुप्पामा एरियललाई बाँधेपछि रेडियोबाट आवाज आउँथ्यो । ००७ सालको क्रान्तिको सफलताको समाचार हाम्रा ठूलोबा, बाबाले रेडियोबाटै सुन्नुभएको थियो । भारतमा अल इण्डिया रेडियोलाई आकाशवाणी भन्ने गरिन्छ । दिल्लीबाट राति गोर्खाली समाचार र पटनाबाट संध्याकालमा मैथिली भाषाको चौपाल कार्यक्रम,समाचार र प्रत्येक शनिश्चरवार वा आइतवार राति आकाशवाणी दिल्लीको शास्त्रीय संगीतको कार्यक्रम प्रसारित हुन्थ्यो । जुन हाम्रो घरमा नियमित सुन्ने गरिन्थ्यो । यसो हुँदा रेडियोबाट निस्कने यस किसिमको आवाज मेरो पनि हुन पाए कस्तो हुने थियो भन्ने लालसा उत्पन्न हुने गर्दथ्यो । तर गोविन्दपुर सरहको पछौटे गाउँमा बितिरहेको बाल्यकालमा मेरो लागि यो सोच एउटा दिवास्वप्नबाहेक केही थिएन । तर समय र नियतिले त्यतिबेला एउटा मोड पायो जब मैले सन् १९५८मा म्याट्रिक पास गरेपछि दिल्ली जाने मौका पाएँ ।
सन् १९६० मा आइए पास गरेपछिको कुरा हो । अल इण्डिया रेडियोले १३ अप्रिल, सन् १९६१ मा नेपालका लागि भनी नेपालीमा कार्यक्रमको प्रसारण सुरु ग¥यो । दुईजना स्टाफबाट कार्यक्रम सुरु गरिएको थियो । देशान्तर प्रसारण प्रभाग अन्तर्गत थालिएको यस कार्यक्रममा विविधता र नौलोपन ल्याउन अधिकारीहरु उत्सुक थिए । यसो हुँदा नेपाली एकांशलाई नयाँ–नयाँ कलाकार एवम् लेखकहरुको दर्कार पर्न थाल्यो । केही महिनादेखि साप्ताहिक अवकाश पनि नलिई सुश्री शिलु सिंह एवम् राजेन्द्रकुमार काम गर्दै हुनुहुन्थ्यो । उहाँहरुको लगनशीलता र उत्साह सराहनीय थियो । तापनि उहाँहरुलाई साप्ताहिक विदा दिनुपर्ने विभागीय आवश्यकता थियो । स्थानीयस्तरमा मूल नेपाली लेखकहरुको कमी थियो । यसो हुँदा अँग्रेजी र हिन्दीमा प्राप्त हुने विभित्र आलेखहरुलाई नेपालीमा रुपान्तरण गर्ने अनुवादकहरुको पनि आवश्यकता थियो । यद्यपि ती दिनहरुमा दिल्लीको सप्रु हाउसमा अध्यापन कार्य गर्नु हुने डा. ईश्वर बराल, भारत सरकारको पर्यटन विभागमा कार्यरत सुश्री कान्ता ठाकुर, सप्रु हाउसमै शोधकार्यमा संलग्न छात्रा त्रिलोक कार्की र दिल्ली विश्वविद्यालयमा पढ्ने अन्य केही नेपाली छात्रहरुद्वारा कार्यक्रममा आ–आफ्नो स्तरमा सहयोग पु-याई राखिएको थियो । उद्घोषिकाको रुपमा स्थानीय रुपमा सुशीला ठाकुरको नियुक्ति भइसकेको थियो । तर, त्यो प्रशस्त थिएन ।
ती दिनहरुमा रेडियोमा काम गर्न माइक सुहाउँदो स्वर हुनु आवश्यक थियो । यसो हुँदा अनुवादको खासै अनुभव नभए पनि माइक सुहाउँदो स्वरका कारण समाचार प्रभागको गोर्खाली समाचार एकांशमा आंशिक कलाकारको रुपमा अनुवाद र प्रसारणको रुपमा काम गर्ने अवसर मलाई प्राप्त भएको थियो । काम गर्दै जाँदा साधारण अनुभव हुन थालिसकेको थियो । देशान्तर प्रसारण प्रभागले यो नेपाली कार्यक्रम सुरु गरेपछि यसका रुपक, नाटक आदिमा पनि भाग लिने इच्छा जाग्यो । प्रसारणसम्बन्धी आफ्नो अनुभव र ज्ञान अरु बढाउने जिज्ञासा जाग्दा एकदिन त्यहाँ स्वर परीक्षा दिन पुगें । समाचार प्रभागबाट एकजना नेपाली समाचारवाचकको सेवाका लागि अनुरोध गर्दै समाचार प्रभागमा पत्र पठाइएको रहेछ । एकजना अधिकारीले यसको जानकारी दिए ।
पछि त त्यसै पत्रको आधारमा मलाई दुईदिन त्यहाँका कर्मचारीहरुलाई साप्ताहिक बिदा दिने गरी नेपाली एकांशमा खटाइयो । तर मेरो यो सेवा अवैतनिक भयो । किनभने एउटै मन्त्रालय अधीनको दुई एकांशमा काम गर्दा एकैसाथ दुबै ठाउँबाट पारिश्रमिक दिन नमिल्ने प्रावधान । यसै आधारमा उक्त विभागबाट पारिश्रमिकको राशि पाउन सकिएन । तैपनि अनुभव खेर जाँदैन भत्रे भावनाले काम गरी राखेंंँ । समाचार प्रभागबाट तलबको रुपमा पाइने निर्धारित राशिबाट चित्त बुझाउँदै सरकारी आदेशको पालन गरिराखेंंँ । हुन पनि यो त्यागले पछि परिणाम देखायो । प्रथम रुपमा गोर्खाली समाचार एकांशको अनुवाद र समाचार प्रसारणको थोरबहुत अनुभव देशान्तर सेवा प्रभागका लागि उपयोगी भयो । यसरी काम गर्दै अनुभव बटुल्ने क्रममा एकदिन आकाशवाणीको समाचार दर्शन प्रभागमा काम गर्ने अग्रज गणेश नरसिंह राणासित भेट भयो । उहाँले सोध्नुभयो – ‘देशान्तर सेवा प्रभागद्वारा नेपाली अनुवादक र उद्घोषकको लागि विज्ञापन प्रकाशित गरिएको रहेछ , तपाईले निवेदन दिनुभयो ?’ उहाँ सहयोगी स्वभावका व्यक्ति हुनुहुन्थ्यो । मैले यस खबरप्रति अज्ञानता व्यक्त गर्दा उहाँले उक्त पदका लागि आवेदन दिन हौस्याउनुभयो ।
बाल्यावस्थादेखि नै रेडियो प्रसारणको लालसा थियो । यो खबरले मेरो मनमा त्यस पदप्रति आकर्षण उत्पन्न ग¥यो । अल इण्डिया रेडियोको अनुभव स्वदेश फर्कंदा काम लाग्ने सम्भावना पनि थियो । तर नियमित कर्मचारी भई काम गर्दा पढाईमा बाधा पर्ने आशङ्काले गर्दा द्विविधामा थिएँ । तर मप्रति उहाँको स्नेह, बारम्बारको अनुरोध र प्रातःस्मरणीय काका हरिप्रसाद शर्माबाट पनि ‘निवेदन दिएर हेर न त’ भत्रे सुझावलाई आशीर्वादको रुपमा लिएँ । पछि दिएको आवेदन र लिखित परीक्षाको आधारमा छनोट भएको खबर आयो ।
यसबीच शिलु सिंहले त्यागपत्र दिई काठमाडौंका लागि प्रस्थान गरिसक्नुभएको थियो । फलस्वरुप युनिटभित्र स्थिति गम्भीर भइसकेको थियो । यस परिस्थितिमा मलाई २९ दिसम्बर, १९६१ को दिन शुरुमा एक महिने करारमा सेवामा संलग्न गराइयो । ९ महिनाको परीक्षणकालपछि सन् १९६२ को अक्टोबर महिनामा अनुवादक एवम् उद्घोषकको रुपमा ३ वर्षको करारको प्रस्ताव अगाडि आयो । तीन वर्षको यो अनुभव स्वदेशको प्रसारण सेवामा निश्चय नै काम लाग्ला भन्ने ठानें । यस अवधिमा एमए सम्मको शिक्षा पनि पूरा हुनसक्ने थियो । यो सोच्दै करारमा हस्ताक्षर गरें र देशान्तर प्रसारण प्रभागको नेपाली एकांशमा एक नियमित कर्मचारीसरह अनुवाद र प्रसारण कार्य गर्न थालें ।
अल इण्डिया रेडियोको आन्तरिक सेवा आकाशवाणीको नाउँले प्रसिद्ध छ । यसको समाचार प्रभाग अधीन फौजी कार्यक्रम अन्तर्गत गोर्खाली समाचार एकांश थियो । जसमा अनुवादक एवम् समाचारवाचकको रुपमा मैले ५–६ महिना आकस्मिक कलाकार भएर काम गर्ने अवसर पाएको थिएँ । तर उक्त ज्ञान देशान्तर प्रसारण प्रभागको यस नेपाली कार्यक्रमका लागि प्रशस्त नभएको अनुभव त्यहाँ गएपछि मात्र भयो । कारण के थियो भने गोर्खाली समाचार एकांशमा काम गर्दा १० मिनेटको समाचारको अनुवाद कार्यमा तीनजनाको सहभागिता हुन्थ्यो । अन्य दुइजना हुनुहुन्थ्यो–कर्णसिंह क्षेत्री एवम् हरिप्रसाद शर्मा । प्रमुख र ठूलठूला समाचार उहाँहरु अनुवाद गर्नेगर्नु हुन्थ्यो । मलाई चाहिँ सानसाना समाचार अनुवाद गर्न र समाचारवाचन गर्न भनिन्थ्यो । यसरी साताको ५ दिन समाचारवाचन म नै गर्दथें ।
माइकअगाडि बसेर सोझै समाचार प्रसारण गर्नुपर्दा सुरुका २–४ दिन त कहिले पसीना निस्केको अनुभव भयो । कहिले समाचार पढ्ने गति तीब्र हुन्थ्यो । बेलाबेलामा घाँटी सुकेको त आवाजमा एक किसिमको कम्पन भएको पनि अनुभव हुन्थ्यो । तर त्यसपछि मजाले पढ्न थालियो । निर्धारित समयमा समाचारको प्रसारण र त्यसपछि एउटा नेपाली गीतको रेकर्ड बजाएपछि उक्त ड्यूटी २ घण्टामा समाप्त हुन्थ्यो । बेलुकीको कार्यक्रम भएकोले यसले मेरो कलेजको पढाईमा कुनै बाधा तेर्साएको थिएन । तर, नयाँ विभागको काम गर्ने शैली छुट्टै किसिमको थियो । देशान्तर प्रसारण प्रभागअन्तर्गतको नेपाली कार्यक्रम शुरु नहुँदासम्म नेपालका श्रोताहरुमाझ फौजी कार्यक्रमअधीन प्रसारित हुने गोर्खाली समाचार निकै लोकप्रिय थियो । यहाँ यो बताइनु पनि उपयुक्त होला कि अल इण्डिया रेडियाको समाचार प्रभागले देशका २०–२२ क्षेत्रीय भाषाहरुमा समाचार प्रसारित गर्ने गर्दछ ।
देशान्तर प्रसारण प्रभागअधीनको नयाँ विभागमा काम गर्न थालेपछि अल इण्डिया रेडियोको कार्य प्रणालीको विस्तृत जानकारी हुन थाल्यो । जस्तै, त्यहाँ कम से कम ७ घण्टा त काम गर्नै पर्ने । बजाइने फिल्मी गीतहरु रेकर्ड लाइब्रेरीबाट ल्याउनु पर्ने । यसको अफिस १०बजे पछि मात्र खुल्दथ्यो । नेपाली गीतहरु कि त टेपमा हुन्थे, कि रेकर्डमा । शुरुका दिनहरुमा त त्यस्ता रेकर्ड ७८ आरपिएमका नै हुन्थे । पछि ४५ आरपिएमका र यसपछि ३३ आरपिएमका एलपी रेकर्डहरु आउन थाले । टेपमा भएका गीतहरुभन्दा यस्तै रेकर्डका गीतहरु बजाउन सजिलो हुन्थ्यो । किनभने टेपमा पाँचौ वा छैठौं स्थानमा रहेको गीत कार्यक्रम चलिरहँदा खोज्न समय लाग्ने । अनि, कहिलेकाहीँ गीत खोज्ने प्रक्रियामा टेपलाई अगाडि–पछाडि दगुराउँदा टेप चुँडिने घटनाले पनि तनावको सिर्जना गर्ने । ४५ आरपिएमका र ३३ आरपिएमका रेकर्डहरु टेप वा ७८ आरपिएमका रेकर्डका दाँजोमा बोक्न पनि सजिला, हलुका र झरेमा पनि टुटफुट नहुने भएकाले हामी धेरैजसो त्यस्तै रेकर्डहरु बोकी स्टुडियो जाने–आउने गर्दथ्यौंं ।
आन्तरिक प्रसारणका लागि अल इण्डिया रेडियोको प्रसारण भवनमा विभित्र प्रभागहरु पाइए । यी आकाशवाणीका दिल्ली केन्द्र, विविध भारती केन्द्र, ट्रान्सक्रिप्शन सर्भिस, समाचार प्रभाग आदिका नाउँले अहिले पनि लोकप्रिय छन् । यी सबैका बेग्ला–बेग्लै निर्देशकहरु, प्रशासकीय विभागहरु र स्टुडियोहरु रहेका पनि थाहा पाइयो । समाचार स्टुडियोका अतिरिक्त वार्ता, गीत–सङ्गीत र नाटक रेकर्ड गर्नका लागि बेग्ला–बेग्लै स्टुडियोहरु हुन्थे भने अन्य एकांशहरुका लागि कार्यक्रम प्रस्तुत गर्ने स्टुडियोहरु पनि छुट्टै थिए । यस्ता स्टुडियोको सङ्ख्या गत्रे हो भने यिनको सङ्ख्या २३–२४ होलान् । यसको अतिरिक्त कार्यक्रम रेकर्ड गर्न बेग्लै स्टुडियोको व्यवस्था रहेछ । त्यहाँ पनि भेटवार्ता, वार्ता, सङ्गीत र नाटक रेकर्ड गर्न ३–४ वटा स्टुडियोहरु राखिएका छन् । कहिलेकाहीँ भेटवार्ता, वार्ता रेकर्ड गर्ने स्टुडियोमा काम गरी राख्दा गण्यमाण्य व्यक्तिहरु आएमा स्टुडियो खालि गर्नु पर्दथ्यो । तर, यसले पनि खुशीको अवसर नै दिने गर्दथ्यो । किनभने यस्ता गन्यमाण्य व्यक्तिहरुमा कहिले केन्द्रीय मन्त्रीगण त कहिले प्रमुख सभासद्हरु हुने गर्दथे । बेलाबखत हिन्दी फिल्मी जगत्का ती दिनहरुका नामुद अभिनेता–अभिनेत्रीहरु बलराज साहनी, हेमा मालिनी, बी. सरोजादेवी, जलाल आगा, जावेद अख्तर, हिन्दीका प्रख्यात साहित्यकार, अङ्गे्रजीका नामुद लेखकहरु, सन् ६० का दिनहरुमा भारतीय क्रिकेट टीमका कप्तान नवाब पटौदि आदिलाई पनि आउँथे । कहिले गायक हेमन्त कुमार, एम. एस. शुभलक्ष्मी, पञ्जाबीका प्रसिद्ध लोकगीत गायक आशासिंह मस्ताना, प्रसिद्ध शहनाईवादक बिसमिल्ला खाँ, पाकिस्तानी गजल गायक मेहदी हसन, कव्वाली गायक साबरी ब्रदर्स आदि आउँथे । अनि यस्ता नामुद व्यक्तिहरुलाई भेट्न र उनीहरुका गीत वा भेटवार्ता प्रत्यक्ष रुपमा सुत्र पाउनु खुशीको एउटा विशेष अवसर नै हुन्थ्यो ।
गायकहरुका लागि छुट्टै स्टुडियोहरु थिए । नाउँ चलेका यी व्यक्तिहरु आएको थाहा पाउँदा हामीलाई उनीहरुसितका भेटवार्ता, गीत, भजन, गजल र कव्वालीहरु प्रत्यक्ष रुपमा सुत्रे अवसर पाइन्थ्यो । जसले बेग्लै किसिमको खुशी दिन्थ्यो । यस्ता नामुद व्यक्तिहरुलाई भेट्न र उनीहरुका गीत वा भेटवार्ता प्रत्यक्ष रुपमा सुत्र पाउँदा रमाइलो लाग्दथ्यो । यसलाई एउटा उल्लासपूर्ण अवसर ठानिन्थ्यो ।
आफ्नो एकांशका कतिवटा कार्यक्रम हामी आफैं पनि रेकर्ड र सम्पादन आदि गर्ने गर्दथ्यौं । यिनमा प्रमुख थिए– नाटक, रुपक, बाल कार्यक्रम, समाचार दर्शन, पत्रोत्तर कार्यक्रम र नेपाली अतिथिहरु आएका बेला उहाँहरुसितका भेटवार्ता । कार्यक्रम प्रसारणपछि हाम्रो ड्यूटी सकिँदैनथ्यो । त्यसपछि कोठामा गएर प्रसारित भएका कार्यक्रमहरुलाई एउटा रजिष्टरमा भर्नु पर्दथ्यो, जसलाई ‘लग बुक’ भनिन्छ । यसलाई सक्दै खाजा खाने कामपछि पुनः लाग्नु पर्दथ्यो भोलिको कार्यक्रमको तयारीमा । जसमा, कि त वार्ता अनुवाद गर्नुपर्ने काम हुन्थ्यो वा पत्रोत्तर तयार पार्ने काम वा बाल कार्यक्रम वा नाटक, रुपक तयार पार्ने वा भोलिको कार्यक्रम तयार पार्दै त्यसका लागि रेकर्ड लाइब्रेरीबाट रेकर्डहरु ल्याउने । यही हाम्रो नियमित दिनचर्या थियो ।
दरबन्दीको आधारमा हामी अनुवादक एवम् प्रसारक कहलाउँथ्यौँ । तर पनि देशान्तर प्रसारण प्रभागका अनुवादक एवम् प्रसारकहरुले प्रोग्राम प्रोड्यूसरले गर्ने जति सबै कामहरु गर्नु पर्दथ्यो । जस्तैे– नाटक, रुपक, समाचार दर्शन, बाल कार्यक्रम आदिका लागि लेखन, निर्देशन, रेकर्डिङ्ग इत्यादि । बेलाबखत नेपालबाट कुनै सम्मानित व्यक्ति आउनुभएको थाहा पाउँदा कहिले हवाईअड्डा पुग्नु पर्दथ्यो । कहिले उहाँ बसेको ठाउँमा रेकर्डिंग गर्न पनि जानु पर्दथ्यो ।
सुरुमा त एउटा मात्रै सभा हुँदा ७ घण्टापछि सबैलाई बिदा हुन्थ्यो, तर पछि दोस्रो र तेस्रो सभाहरु थपिँदा कार्य विभाजन हुन थाल्यो, र दुई सिफ्टहरु बने ।
कार्यक्रमको उद्घोषणा, प्रस्तुति र निर्माणसित संलग्न हुनेहरु स्टाफ आर्टिष्ट भनिन्थे । हामी त्यति बेला यसै वर्गमा पर्दथ्यौं । पछि प्रोड्यूसरहरुले आफू पनि स्थायी जागिरे हुनुुपर्ने र पदोत्रतिको अवसर पाउनुपर्ने माग राखे र राजनीतिक शक्ति एवम् दबावको प्रयोग गरेपछि उनीहरु करार सेवाको परिधिबाट छुट्टिए । यसरी माग पूरा भएपछि उनीहरु स्थायी कर्मचारीका रुपमा पेन्सनको हकदार भए । अन्य श्रेणीका कलाकारहरु भने करार सेवाकै अधीन रहे । म सेवानिवृत्त हुने बेलातिर भारतीय अनुवादक एवम् प्रसारकहरु पनि स्थायी कर्मचारीका रुपमा पेन्सनको हकदार भए । तर यसका लागि उनीहरुले लामो सङ्घर्ष, कार्यालय अगाडि धर्ना, भाषण र नाराबाजी मात्र गर्नु परेन, हडतालमा पनि जानु प¥यो । हामी विदेशी नागरिकहरुले चाहिँ करारमा भएकाले वेतन आयोगद्वारा दरबन्दीमा बेला–बेलामा गरिने संशोधन र सम्बद्र्धनका अतिरिक्त विभित्र भत्ताहरुमा हुने बृद्धि र सेवानिवृत्तिको अवसरमा प्रदान गरिने उपादानहरुमाथि नै सन्तोष गर्नुपर्ने थियो ।
नेपाली एकांशमा सुरु–सुरुका वर्षहरुमा प्रशासकीय काम गर्ने एकजना अधिकारी पनि हुन्थे, जो प्रोग्राम एक्ज्यूक्युटिभ भनिन्थे । उनी बिहान १० बजे आएर बेलुकी ५ बजेसम्म बस्दथे । भारतीय भाषाहरुसित सम्बन्धित विभित्र एकांशहरुमा यस्ता अधिकारीहरु हुन्छन् । उनीहरुको काम विभिन्न खालको हुन्थ्यो । जस्तै कार्यक्रमको योजना बनाउने, कार्यक्रममा भाग लिन बोलाइने कलाकारहरुका नाउँ सिफारिस गर्दै प्रस्तावहरु पठाउने, उनीहरुका नाउँमा करारपत्र बनेर आएपछि कलाकारहरुका ठेगानामा पठाउन लगाउने, प्रसारित हुने कार्यक्रमको ब्यहोरा ड्यूटी रुममा पठाउने, कुनै कार्यक्रममा सहभागी भएका कलाकारहरुका करारपत्र पारिश्रमिक भुक्तानीका लागि लेखा विभागमा पठाउने, निदेशकसितका बैठकहरुमा भाग लिने आदि । कतिले त कार्यक्रममा भाग समेत लिन्थे । शुरु–शुरुमा नेपाली एकांशमा प्रोग्राम एक्ज्यूक्युटिभ नै रहे । तर केही वर्षपछि प्रोग्राम एक्ज्यूक्युटिभका ठाउँमा सुपरभाइजर आए । विदेशी भाषासित सम्बन्धित एकांशहरुमा चाहिँ सुपरभाइजरहरु नै हुन्छन् ।
नेपाली एकांशमा सुपरभाइजरका रुपमा शङ्कर लाल मस्करा आउनु भयो । सबैजसो पूर्वोक्त कार्य उहाँले नै सम्पादन गर्न थाल्नुभयो । पहिलेदेखिको परिचयले गर्दा नेपाली एकांशमा शङ्कर लाल मस्करा एवम् गणेश नरसिंह राणा आउनुभएपछि मेरा लागि एउटा सहज वातावरण उत्पत्र भएको थियो । तर पूर्वपरिचयका कारण कहिलेकाहिँ उहाँहरुको कुरा मान्ने कि मान्ने भन्ने समस्या हुन्थ्यो । मान्दा आफुलाई अपठ्यारो पथ्र्यो भने नमान्दा उहाँहरु अप्रसन्न हुने । पछि देहरादूनबाट एकजना प्रोग्राम असिस्टेन्ट आए । नाउँ थियो– पे्रम सिंह राना । उहाँ सुपरभाइजरलाई पूर्वोक्त काममा सघाउने गर्नुहुन्थ्यो । समय बित्दै जाँदा पे्रम सिंह राना प्रोग्राम एक्ज्यूक्युटिभका रुपमा सेवानिवृत्त हुनुभयो ।
देशान्तर प्रसारण प्रभागबाट चौबीसैे घण्टा कार्यक्रम प्रसारण भई रहन्छ । यसो हुँदा प्रसारित हुने कार्यक्रमहरुका सम्बन्धमा एकांशले पठाएका ब्यहोरा र समय अनुसार कार्यक्रम प्रसारित भयो÷भएन, कतै कुनै अनियमितता त भएन, कार्यक्रम सुनेर तिनको निगरानी गर्ने र प्रसारित कार्यक्रमको ब्यहोरा रजिष्टरमा भर्ने, कुनै अनियमितता भएको छ भने सम्बद्ध विभागलाई त्यसको रिपोर्ट गर्ने, कार्यक्रममा वाह्य कलाकारको सहभागिता जाँच्ने, भएको छ भने त्यसको प्रमाणिकरण गर्ने, कार्यक्रममा भाग लिएका कलाकारहरुलाई पारिश्रमिकका रुपमा चेक प्रदान गर्ने आदि काम गर्ने एउटा ड्यूटी रुम हुन्छ । यो चौबीसै घण्टा क्रियाशील रहन्छ । पूर्वाेक्त काम सम्पादन गर्ने अधिकारीहरुलाई ड्यूटी अफिसर भनिन्छ । प्रसारणमा कतै कुनै अनियमितता भएको छ भने त्यसको रिपोर्ट गर्ने अधिकारका कारण यी ड्यूटी अफिसरहरु उद्घोषकका दृष्टिमा शक्तिशाली ठानिन्छन् । उनीहरुसित उद्घोषकहरु मधुर सम्बन्ध राख्ने यथावत् कोशिश गर्दछन् । तर कहिलेकाहीँ यी अधिकारीहरु आफ्नो अधिकार सीमालाई नाघ्ने कोशिश पनि गर्दछन्, जसले विवाद र तनावको सिर्जना गर्दछ । लेखकले एकपल्ट यस्तै स्थितिको सामना गर्नु परेको थियो । घटना सन् १९६३ को हो । उद्घोषणा ड्यूटीमा भएको र नेपाली गीत बजाउने दिन परेकोले जनार्दन समले गाएका ‘हामी हिमाली जनता’ भत्रे गीत बजाइरहेको थिएँ । कार्यक्रम सकेर लग बुकमा सही गर्न आउँदा उक्त गीतका बारेमा ड्यूटी अफिसरले भने– ‘आपको पता है, चीन ने भारत पर हमला किया है और आप चीन के तारीफ के गीत बजा रहे हो । बहुत गलत बात है ।’ मैले उनलाई सम्झाउँदेै भनें– ‘यस गीतमा चीनको कतै तारिफ गरिएको छैन । हो गीतको छन्दमा पेरिस र पेकिंगको उल्लेख भएको छ ।’
तात्कालिन कार्यक्रम नियोजक शङ्करलाल मस्कराले पनि मेरो पक्षमा बोल्नुभयो । कुरा त्यहीँ सुल्टियो । रिपोर्ट भएन । तर भविष्यमा उक्त गीत बजाउन नहुने गरी रेकर्डमा लेखियो । त्यसपछि उक्त गीत बजेन । अनि त नेपाली गीतका जम्मै रेकर्डहरु सुनेर जाँच्नुपर्र्ने र बजाउन हुने–नहुने निर्धारण गर्नुपर्ने भयो । यस सिलसिलामा केही गीतहरु उपयुक्त ठानिएनन्, जसमा ‘विश्वमा अग्लो हिमाल, काखमा हाम्रो नेपाल’ भत्रे गीतका साथै ‘गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली’ भत्रेजस्ता गीत पर्न थाले । अरु पनि यस्ता धैरै गीतहरु परे, जसमा नेपाल र राजाको महिमा गान भएका थिए । नेपाली भाषा बुझ्न सजिलो र गीतहरु सुमधूर भएकाले नेपाली कार्यक्रमलाई त यी अफिसरहरु चासोले सुन्दछन्; तर चीनियाँ, तिब्बती, रुसी, सिन्हाला र अरु विदेशी भाषाको प्रसारणमा हुने त्रुटिहरु न त उनीहरु बुझ्न सक्दछन्, न औंल्याउन समर्थ नैे हुन्छन् ।
ड्यूटी अफिसरको काम प्रारम्भमा कारिन्दाले गर्ने क्लेरिकल किसिमको हुन्छ । तरपनि यस पदमा उच्च शिक्षा प्राप्त व्यक्तिहरु बहाल भएका हुन्छन् । यो ओहदालाई पदोत्रतिको भ¥याङ्को तल्लो खुड्किलो मानिन्छ । यसो हुँदा कार्यक्षमताको आधारमा राम्रो वार्षिक रिपोर्ट पाउन सकेका यस्ता अनेक अफिसरहरु सङ्घीय लोकसेवा आयोगसितको अन्तर्वार्तामा सफलता हासिल गरी पदोत्रति पाउँदै उपनिदेशक, निदेशक, उप–महानिदेशक र महानिदेशकको पदसम्म पुगेका र सेवानिवृत्त भएका लेखकले देखेको छ । तर सबै ड्यूटीअफिसरहरुलाई यो सौभाग्य प्राप्त हुँदैन । कति त प्रोग्राम एक्ज्यूक्युटिभको पदमा काम गर्दागर्दै रिटायर हुने गर्दछन् । कति चाँिह पदोत्रति भएपछि पनि पारिवारिक कारणहरुले दिल्ली बाहिर जान चाहँदैनन् र ड्यूटी अफिसरकै रुपमा काम गरिराख्न मन पराउँछन् ।
यसको अतिरिक्त कार्यक्रमलाई ट्रान्समिटरसम्म पु¥याउने प्राविधिक कार्यको सञ्चालन इन्जिनियरहरुले गर्दछन् । उनीहरुको पनि तह (क्याडर) छ र कुशल इन्जिनियरहरु आफ्नो प्रतिभा र योग्यताको आधारमा स्टेशन इन्जनियर हुँदै महानिदेशकसम्म भएका छन् । कार्यक्रमलाई ट्रान्समिटरसम्म पु-याउने प्राविधिक कार्यका अतिरिक्त यिनीहरु देशमा जहाँ पनि नयाँ ट्रान्समिटर जडान गर्ने काम हुन्छ त्यहाँ जाने गर्दछन् । नयाँ रेडियो स्टेशनको स्थापना गर्नुपर्ने काममा पनि त्यहाँ सीनियर स्टेशन इन्जनियरको नेतृत्वमा जाने टोलीका साथ गई आफ्नो काम पूरा गर्दछन् ।
समान रुपमा, समाचार प्रभागमा समाचार सम्पादकहरुको पनि क्याडर छ । सेन्ट्रल इन्फोरमेशन सर्भिस भनिने यस क्याडरका सदस्यहरुमा उप–सम्पादकहरुदेखि लिएर उपनिदेशकसम्म हुन्छन् । समाचार प्रभागको निदेशक पनि यसै क्याडरबाट नियुक्त हुन्छन् । बेला–बेलामा बाहिरबाट पनि सम्बाद समितिका प्रमुखहरु निदेशकका रुपमा नियुक्त हुने गर्दछन् । सेन्ट्रल इन्फोरमेशन सर्भिसका एक यस्तै कुशल अधिकारी आफ्नो योग्यता र उच्च शिक्षाको आधारमा अल इण्डिया रेडियोका महानिदेशकसम्म भए ।
समाचार प्रभागलाई स्वायत्त स्तर प्रदान गरी महानिदेशालयको दर्जा प्रदान गरिएको हुँदा त्यसको बेग्लै महानिदेशक छन् । बेला–बेलामा निजामति सेवा (इण्डियन सिभिल सर्भिस) का सह–सचिव स्तरका अधिकारीहरु पनि अल इण्डिया रेडियोका महानिदेशकका रुपमा तैनाथ भएका छन् ।
अल इण्डिया रेडियो २३ नोभेम्बर सन् १९९७मा एक स्वायत्त प्रसारण संस्था बन्यो । प्रसार भारती अधिनियम अन्तर्गत स्थापित यस संस्थाको अध्यक्षता प्रमुख कार्यकारी अधिकारीले गर्ने गर्दछन् । अहिले यो प्रसार भारती को नाउँले चिनिन्छ ।
प्रसारण सेवामा मोनिटरिंग सर्भिस अर्थात अनुश्रवण सेवाको पनि महत्वपूर्ण स्थान हुन्छ । विदेशबाट प्रसारित हुने समाचार सुनेर समाचार प्रभागलाई विश्वको ताजा घटनाबाट अवगत गराउनु यसको मुख्य काम हुन्छ । साथै विदेशी प्रसारणहरुमा भारतबारे हुने कुनै टिप्पणी सरकारलाई जनाउनु पनि यसको दायित्व हुन्छ । सुरु–सुरुमा प्रसारण भवनभित्रै अनुश्रवण सेवा कक्ष थियो, जसलाई पछि दक्षिण दिल्लीमा सारियो ।
यसको अतिरिक्त अडिएन्स रिसर्च यूनिटको व्यवस्था पनि छ । यसले विभित्र एकांशहरुलाई तिनका श्रोताहरुबाट प्राप्त हुने पत्रहरुको सङ्ख्या र त्यसका विवरण प्राप्त गरी तिनको विश्लेषण गर्ने गर्दछ । देशान्तर प्रसारण प्रभागको यो एकांशको काम हालसाल अर्कै विभागले हेर्ने गर्दछ । अल इण्डिया रेडियोले देशभित्रका आफ्ना श्रोताहरुलाई आफ्ना कार्यक्रमहरुका सम्बन्धमा अग्रिम जानकारी प्रदान गर्न हिन्दी, अङ्ग्रेजी र उर्दूमा ‘ आकाशवाणी ’ नामक पत्रिका र विदेशका अङ्गे्रजी कार्यक्रम सुत्रे श्रोताहरुका लागि ‘इण्डिया कालिङ्ग’ नाउँको पत्रिका प्रकाशित गर्ने गरेको थियो । तर पछि मितव्ययिता अपनाउने सिलसिलामा यी सबै पत्रिकाहरुको प्रकाशन बन्द गरियो । विदेशी भाषाका श्रोताहरुका लागि प्रकाशित भइरहेका फोल्डरहरुका प्रकाशन पनि बन्द गरिए । लेखकलाई यी सबेै कुराको जानकारी देशान्तर प्रसारण प्रभागमा पसेपछि सेवाकालको अवधिमा प्राप्त हुँदै गयो ।