सुरेश, जसलाई भेट्न नपाएको शाहरुख र भेटेको विजयकुमार सबैभन्दा मन पर्छ

आममानिसको मिडिया साथी नेपालनाम्चाले सुरु गरेको ‘मनपरेको १०’ स्तम्भमा २७ वर्षदेखि टेलिभिनजकर्मी (नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन, एपिवान टेलिभिजन, ग्यालेक्सी टेलिभिजन र पुनः एपिवान टेलिभिजनमा कार्यरत) सुरेश पौडेल

१. तपाईंलाई सबैभन्दा मनपर्ने खाना के हो ? किन ?
कुनै एउटा छैन, समय परिस्थिति र मूड अनुसार साधारणदेखि ईन्टरकन्टिनेन्टल सबै मनपर्छ तर हप्तामा एकदिन चनाको दाल, घ्यू हालेको भात, भुटेको आलु र कुखुराको मासु चाहिँ खानै पर्छ मलाई । किनकि मीठो लाग्छ ।

२. तपाईंलाई सबैभन्दा मनपरेको ठाउँ कुन हो ? किन ?
पोखरा, मनपर्नुको कुनै कारण हुन्न, बस् मनपर्छ, औधी मनपर्छ । कारण ताल, माछापुच्छ्रे, लेकसाईड यस्तै यस्तै ।

३. तपाईंलाई सबैभन्दा मनपरेको किताब कुन हो ? किन ?
विश्व तथा नेपाली इतिहासका जुनसुकै पुस्तक पनि मेरा प्रिय ! विशेष जंगबहादुर र चन्द्रशमसेरसम्बन्धि ऐतिहासिक पात्रहरुमा मेरो रुचि छ ।

४. तपाईंलाई सबैभन्दा मनपरेको मान्छे को हो ? किन ?
भेटन नपाएको मनपर्ने मान्छे: शाहरुख़ खान, यिनको सफलताले सदैव प्रेरित गरिरहन्छ / भेटन पाएको मन पर्ने मान्छे: विजय दाइ (पत्रकार विजयकुमार पाण्डे) उहाँसँग भेट्दा सदैव केही न केही सिक्न पाईन्छ ।

५. तपाईंलाई सबैभन्दा मनपरेको आफ्नै बानी के हो ? किन ?
हात हालेको सबै कामको परिणाम राम्रो बनाउन सदैव प्रयत्न गरिरहने । यहि बानीले मलाई म बनाएको छ ।

६. तपाईंलाई सबैभन्दा मनपरेको नेता को हो ? किन ?
नेपाली: राजा महेन्द्र- उनी केही वर्ष अझै बाचेका भए देश बेग्लै हुन्थ्यो भन्ने मेरो विश्वास/ विदेशी: बाराक ओबामा- उनको व्यक्तित्व ।

७. तपाईंलाई सबैभन्दा मनपरेको चाडपर्व कुन हो ? किन ?
सबै – किनकि सबैको आआफ्नै महत्व छ ।

८. तपाईंलाई सबैभन्दा मनपरेको पेशा कुन हो ? किन ?
आफ्नै- किनकि बिना कुनै बोझ म मेरो काम असाध्यै एन्जोय गर्छु ।

९. तपाईंलाई सबैभन्दा मनपरेको रंग कुन हो ? किन ?
पहेँलो- मेरो राशीक रंग ।

१०. तपाईंलाई सबैभन्दा मनपरेको गीत कुन हो ? किन ?
म मौनतामा अल्झिरहेको । ओमबिक्रम विष्टले क़रीब ५० वर्ष अघि गाउनु भएको गीत हो । आज पनि यो गीत सुन्दा यसले मलाई नयाँपनको आभाष गराउँछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button