राष्ट्रपतिकाे उपचार र खर्च : ??

बाबुराम पाैडेल

गणतन्त्र नेपालका तेश्रा राष्ट्रपति बिरामी भएर दिल्लीकाे एम्समा उपचारार्थ रहनु भएकाे र सामाजिक सन्जालमा उहाँकाे उपचारार्थ लागेकाे एकतर्फी एयर एम्बुलेन्स भाडा समेत अन्य खर्च बिवरण बारे हिजाेदेखि सामाजिक संजालमा तपशीलकाे हिसाब शेयर गरेकाे पाईयाे ।

उहाँलाई नेपालमा उपचार संभव नभएर दिल्ली लगियाे र अनाैपचारिक श्राेतका अनुसार उहाँकाे मुटुमा जमेकाे पानी २ पटक गरेर निकालियाे रे !

भारतकाे नामि र त्यति ठूलाे स्वास्थ्य संस्थामा पानी निकाले हाेलान् वा अरु थाेकै पनि गरे हाेलान्, त्याे स्वास्थ्य सम्बन्धि समस्या अनुसारकाे उपचार उहाँकाे मात्र हाेईन कि अरुकाे पनि भए गरेकाे हाेला ! तर यता उहाँकाे उपचार खर्च र रेखदेखमा गएकाहरुले पाउने नियमानुसार हाे वा हाेईनकाे अस्वाभाविक खर्च विवरण बारे सामाजिक संजालमा व्यापक टीका टिप्पणी भएकाे छ। मुलुककाे सर्बाेच्च पधाधिकारी राष्ट्रपतिकाे स्वास्थ्य प्रतिकाे सम्वेदनशीलता भन्दा पनि चरम आर्थिक संकटका बेला उहाँकाे उपचारार्थ लागेकाे वा नलागेकै पनि हाे कि? खर्च बारे नकारात्मकता बढी देखियाे।

नकारात्मकता स्वाभाविक पनि छन्। किनभने, मुटु फाेक्साेबाट पानी निकाल्ने समेतका अन्य कतिपय उपचार हुने वा राेग निदान सम्म हुने गरि ३२ बर्षसम्म शासन सत्तामा रहँदा देशभित्रै किन स्वास्थ्य संस्था बनाईएन वा प्रबन्ध हुन सकेन भन्ने प्रश्न उठाईनु अन्यथा हाेईन। यसखाले वा डाईग्नाेसिस नै हुन नसकेका समस्या लिएर घर खेतै बेचीने गरि एम्स, मेदान्ता, राजीवगान्धी मुम्बई, गाेरखपुर, लखनाै, कलकत्ता समेतका ठाउँमा पुग्ने नेपालीकाे संख्या प्रतिदिन सरदर १५ सय छ भन्ने पनि हाे। सीमावर्ति भारतीय बजारका क्लिनिकमा त दैनिक हज्जाराैं पुग्दा हुन्। प्रश्न के पनि हाे भने १ लाखकाे पारिवारिक स्वास्थ्य बिमा गराएकाे म र म जस्ता लाखाैं ब्यक्तिले देस भित्र निरङ्कुश भनिएकाे पंचायती शासनकालमा बनेका र पन्चायत गएकाे ३२ बर्ष सम्म कथित अस्पताल बिकाश समितिमा सत्ता पक्षका मान्छे नियुक्ति गर्नु बाहेक थप सुधार नगरी कन्तबिजाेग हालतमा रहेका सरकारी अस्पतालमा सामान्य उपचार लिन कति सास्ति,हण्डर खानु परेकाे छ भन्ने पनि हाे ! प्रश्न सम्माननीय र माननीयहरुका ज्यान बचाउन कराेडाैं राज्यकाेष खर्चिने सरकार नागरिक प्रति कति जिम्बेवार छ भन्ने पनि हाेईन र ?

र, देशै बिरामी पार्न ३२ बर्ष यता उनि वा उनिहरुले गरेका कूकृत्यहरु प्रति आक्राेसकाे अभिव्यक्ति पनि हाे।

सरकारले देशका राष्ट्रपतिकाे मुलुक बाहीर उपचार भैरहेकाे बारे बुलेटिन वा खर्च बिवरण पनि त सार्वजनिक गरेन नि ! गर्न पर्दैन ?? जनताले संजालमा जे भेट्टायाे त्यही शेयर गराे त के गल्ति भयाे। कहाँ जाओस् त नि तथ्य खाेज्न ???

नेपाल देशका सम्माननीय राष्ट्रपतिकाे स्वास्थ्य लाभकाे कामना !!!


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button