आयो नयाँ बालप्रज्ञा

नेपाल प्रज्ञा–प्रतिष्ठानबाट अर्धवार्षिक रूपमा प्रकाशन हुने बालपत्रिका ‘बालप्रज्ञा’को तेस्रो अङ्क प्रकाशन भएको छ । यस पत्रिकाले बालस्रष्टादेखि प्रौढ स्रष्टासम्मका बालउपयोगी सामग्रीहरू प्रकाशन गर्दै आएको छ । विशेष गरी बालबालिकालाई ज्ञान र मनोरञ्जन प्रदान गर्नुका साथै तिनमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले यस बालपत्रिकाको प्रकाशन सुरु गरिएको र तेस्रो अङ्कसम्म आइपुग्दा यो बालसाहित्यप्रेमी प्रौढ पाठक र सिर्जनाप्रेमी धेरै बालबालिकाका बिचमा लोकप्रिय बनेको जानकारी प्रज्ञा–प्रतिष्ठानले दिएको छ ।

‘बालप्रज्ञा’को यस अङ्कमा नेपाली बालसाहित्यका विशिष्ट स्रष्टा शान्तदास मानन्धरको रोचक बालापन समेटिएको छ भने बालबालिकालाई सत्कार्यमा हौसला प्रदान गर्ने खालका कुलमान घिसिङ र स्टेफेन हकिङको उत्प्रेरणामूलक जीवनी प्रस्तुत गरिएको छ । विशेषतःबाह्र वर्षमुनिका बालबालिका र सोह्र वर्षमुनिका किशोरकिशोरीहरूको रुचि, भाषिक क्षमता र विषय क्षेत्रलाई समेट्ने खालका कविता, गीत, गजल, कथा, निबन्ध, एकाङ्की र विविध जानकारीहरू यस अङ्कमा प्रकाशित छन् । साथै ‘हाम्रा सिर्जना’ स्तम्भअन्तर्गत बालबालिकाका सिर्जनाहरू, ‘हाम्रो कुची’ स्तम्भ अन्तर्गत बालबालिकाले बनाएका चित्रहरू, ‘हाम्रो मातृभाषा’ स्तम्भअन्तर्गत बालबालिकाले नै लेखेका मातृभाषाका सिर्जनाहरू समेटिएका छन् । यसरी नै बालबालिकाको बौद्धिक विकास गर्ने खालका भाषिक खेल तथा कोठेपदहरू प्रकाशित छन् भने ‘अनुभूति’ स्तम्भ अन्तर्गत सातै प्रदेशका बालबालिकाका कोरानासम्बन्धी अनुभूतिहरूलाई प्रकाशन गरिएको छ ।

साथै स्वास्थ्य सचेतताका लागि डा. रवीन्द्र समीरको कोरोना के हो र यसबाट कसरी बच्न सकिन्छ भन्ने जानकारीमूलक लेख पनि समेटिएको छ भने ‘हाम्रो भूगोल’ स्तम्भअन्तर्गत प्रदेश नं. २ को भौगोलिक एवं सांस्कृतिक परिचय दिइएको प्राज्ञ तथा सञ्चार शाखा प्रमुख शशी लुमुम्बुले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button