ठुली भएसँगै इच्छा तिम्रा बढ्दै गए, विदेशिने सपना प्रवल हुँदै गए

विप्लसा नेपाल

खुशी र एउटा सपना थियौ तिमी
उमंगले भुइँ टेकेको थिएन त्यो दिन
तिमी आउँछौ भन्ने खबर पाएपछि प्यारी छोरी ।

दिन गन्थे हातका यी औलाहरुले
र बुन्थे नयाँ रहरहरु
कल्पना गरेर बित्थे तिमीसँगै
साथ थिए मेरा मुस्कानहरु
तत्पर थिएँ तिमीलाई छुन
अनि चलाउन तिम्रा ती कलिला हातहरु ।

दिन प्रतिदिन मेरा चाहना बढ्दै जान्थे
कतिखेर तिमी आउँछौ र तिमीलाई मायाँ गरु भनी
यौटै चाहना थियो कि तिमीलाई खुवाउन पाउँ मिठो खाना
लगाईदिन पाउँ तिमीलाई न्यानो जामा
सुन्न पाउँ तिम्रो मिठो तोते बोली
र, तोते बोली मध्यको त्यो पहिलो शब्द आमा ।

प्रतिक्षाका दिन आउन थाले बिस्तारै
गनेर सकिन थाले ती औंला
धेरै कस्ट भोगेर जन्माएँ तिमीलाई
तर आँशुसँगै मिसिएका थिए मेरा हर्षहरु ।

जब तिमी मेरो सामु आयौ
जीवनको मेरो उद्धेश्य नै मैले पाएँ
पिडा त शरीरमा हुन्छ नै
तर तिम्रो स्पर्शले सारा पिडा बिलाए
लाग्यो माता लक्ष्मीको पदार्पण भयो मेरो घरमा
ढोगेँ तिमीलाई इश्वरको उपहार ठानी ।

सुन्दर नयन तिम्रो
लोभ्याउने चाल
अनुहार झकमक्क बलेको दिप झैँ
ताते ताते गर्दै चल्ने पैताला तिम्रा
मन नै मन्त्रमुग्ध हुने तिम्रा बोली मिठा
घर नै बन्यो आज मन्दिर मेरो तिम्रो आगमनले
सुनसान जीवन छुट्यो, जुर्यो खुसी भाग्यले ।

अझै याद आउँछ तिम्रा कलिला हात समाई स्कूल लगेको
ज्ञानी बनी किताब पढेको
रातो रिबन लगाएर चट्ट परेको
क ख पढ्दै नाच्दै मिठो गीत गाएको ।

ठुली भएसँगै इच्छा तिम्रा बढ्दै गए
विदेशिने सपना प्रवल हुदै गए
आत्तिन लाग्यो तिम्रो कुरा सुन्दा
बिछोडको डरले मुटु काम्न थाल्यो ।

गयौ तिमी आफ्नो उचाई भर्न
आफ्ना सारा इच्छा आकांक्षा मेट्न
जीवनको उकालो ओरालो जिउनु नै छ
आखिर भिर पाखा अप्ठेरो ।
सहनु नै पर्ने यहाँ हरेक अवस्था
भयो झन् झन् बोझिलो ।

सपना थियो तिमीलाई ठुलो मान्छे बनाउने
नाम राखी देशको सुन्दर मुहार हसाउने
तिम्रो खुशीमा मेरो खुसी देखेँ सधैभरि
म त भैसके डाँडा पारिको घामसरि ।

समय बितेसँगै शरीर भयो खोक्रा लाश सरि
यो सरिरमा केवल तिम्रो थियो आशा
आँखा ढोकाबाट हटेनन्, आशाले छोड्दै छोडेनन् ।

भुलेउ कि के हो आफ्नी आमा अनि जन्म भूमिलाई
आफ्नो रगत अनि रगतको त्याग मातृ वात्सल्यलाई
रिक्त भो मेरो मन रिक्त भो यो तन
आशा निरासामा बदलिरहे ।

अन्तिम अवस्था आयो मेरो
मृत्युले कहाँ कुर्दछ र
समय बित्यो, ज्यान छुट्यो
ओठमा तिम्रो नाम थियो
केवल तिम्रो नाम नानी ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button