फूलबारीमा धेरै फूल हुन्छन्, माहुरी र पुतली घुम्छन्
फूलबारी
सफलता कार्की
कक्षा ३ ख, स्वर्णिम स्कुल, डल्लु आवास, काठमाडौं
फूलबारीमा धेरै फूलहरू हुन्छन्
माहुरी र पुतली आएर घुम्छन्
राता, नीला, पहेंला धेरै रङका
थरी थरी फूलले सुवास छर्छन् ।
फूलबारीमा गएर रमाइलो गर्छौँ
दाजुबहिनी मिलेर हामी ख्याल गर्छौं
फूल जस्तै फूलेर सुवास छर्नुछ
देशको लागि हामीले केही गर्नुछ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)