सुत्ने बेला एउटा कथा दैनिक भन्नुपर्ने, नयाँ कथा भन्नलाई आफू पढ्नुपर्ने

बालकविता

टंक सुवेदी

मुसुमुसु हाँस्दै आए स्कुलबाट नानी
हात धोइ खाजा खाए कति राम्रो बानी ।

मिलिजुली गरे सँगै गृहकार्य आज
खेल्न गए घर बाहिर फर्की आउन साँझ ।

दिदीबहिनीको मित्रता कति सारो राम्रो
टोलका सबै सँगै खेल्दा लाग्ने अझै राम्रो ।

भान्सामा के के काम सघाउन जान्छन्
अरुलाइ ख्वाएपपछि आफु पनि खान्छन् ।

दुवै किताब हेर्छन बौद्धिक कुरा गर्छन्
बाबुआमा छेउमा आउदा अलि पर सर्छन् ।

उफ्रिपाफ्री गर्दै यिनले खेलमा रुचि राख्छन्
मौका मिले औंला चोबी के के चाख्छन् ।

सुत्ने बेला एउटा कथा दैनिक भन्नुपर्ने
नयाँ कथा भन्नलाई आफू पढ्नुपर्ने ।

भद्रगोल पार्छन यिनले केही नभन्ने भए
बिगार्दै भत्काउँदै बनाउँदै निकै जान्ने भए ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button