
बुद्ध तिमी फर्की आऊ
कविता
प्रियाम्सु पुडासैनी
कक्षा :१०, स्वर्णिम स्कुल, डल्लु आवास
आऊ बुद्ध फेरि फर्की
शान्तिको दीप बाल्न आऊ
अमुल्य तिम्रो ज्ञान बाँड्दै
धर्तीको मुहार फेर्न आऊ ।
जताततै छ विकृति मात्रै
मानवता साँच्चै हराइसक्यो
तिमीले सजाएको सुन्दर समाज
लज्जित भई झुकिसक्यो ।
सत्यको बाटोमा हिँडेका मान्छे
असत्यलाई रोजी हिँड्न थाले
पीडितहरू मौन भइँदिँदा
भ्रष्टाचारीले नै देश धान्न थाले ।
हत्या, हिंसा, अशान्तिले आज
सारा संसार ढाक्न थाल्यो
तिम्रो उपदेश सबैले बिर्से
देशले इज्जत फाल्न थाल्यो ।
कुटपिट, मारकाट बढ्न थाल्यो
मानिसको मन निर्दयी भयो
के थाहा कस्को नजर लाग्यो
छैन संसार पहिले जस्तो ।
तिम्रो जस्तो ठुलो त्याग यहाँ
अहिले कस्ले गर्ला हेर ?
भौतिकवादी सोचले मात्र
संसार कसरी चल्ला हेर ?
चिनाएका थियौ नेपाललाई जसरी
सारा संसार सामु तिमीले
अहिले सीमित भयो किताबमा मात्र
त्यसैले पुकारा गर्दै छौँ हामीले ।
अशान्तिको बलियो गाँठो
अब तिमी नै फुकाउन आऊ
सद्भावको बिउ रोप्ने उद्देश्यले
फेरि तिमी फर्केर आऊ
शान्तिको सुवास छर्न विश्वमा
फेरि एकचोटि फर्केर आऊ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)