
हामी हाँस्दा आमा पनि हाँस्ने
कविताः आमा
बेबिशा पोखरेल
कक्षा ७, एस. ओ. एस. हर्मन माईनर विद्यालय, सानोठिमी ,भक्तपुर
आमा हाम्रो ममताको खानी,
आमा नै हो सबैको रानी ।
आमाले नै हामीलाई जन्माउने,
उनीले नै हुर्काउने र बढाउने ।
हामी रुँदा फकाउने आमा,
भोक लाग्दा खानदिने आमा ।
हामी हाँस्दा आमा पनि हाँस्ने,
हामी रुँदा आमा दुखी हुने ।
आमा सबैलाई बराबरी माया गर्ने
आमा नै हो ज्ञानको ज्योती छर्ने ।
आमा हाम्रो ममताको खानी,
आमा नै हो सबैको रानी ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
Good bebisa