
नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो

नेपालनाम्चा एक विशेष नेपाल डायरी हो । आम मानिसका सुख र दुख, आँशु र आशा, संघर्ष र सपनाको साझा दस्तावेज हो ।
यो तपाई हाम्रा शब्द र सुस्केरा बिसाउने साझा चौतारी हो । अनेक विषय र अझ खासगरी आजसम्म नलेखिएका, लेख्न लायक नठानिएका र वास्तै नगरिएका विषयमा समेत तपाई यहाँ लेख्नसक्नु हुनेछ । र, लेख्नसक्नु हुनेछ तपाई आफ्ना मनका भावना ।
तपाई आफ्नो गाउँठाउँबारे लेख्न सक्नु हुनेछ । तपाई कतै घुम्न जानुभयो भयो, त्यो यात्राबारे नेपाली वा अंग्रेजी भाषामा लेख्न सक्नु हुनेछ । तपाई कतै घुम्न जानुभयो भयो, त्यो यात्राबारे लेख्नसक्नु हुनेछ । तपाईंका नानीबाबुहरु केही लेख्छन् या कोर्छन् भने तिनलाई पनि तपाई यहाँ पठाउनसक्नु हुनेछ ।
त्यतिमात्र होइन, तपाईं नेतृत्वको वा तपाईं सम्वद्ध संस्था, व्यवसाय, योजना, आयोजना, उपलब्धि, अभियानबारे पनि सामाग्री पठाउन सक्नु हुनेछ । हाम्रो स्लोगन हो, मिडिया मेरो साथी । त्यसैले नेपालनाम्चा तपाईंको मिडिया साथी हो । सम्झनुहोस्, हामी तपाईंको पार्टनर हौं ।
नेपालनाम्चाको इमेल ठेगाना हो, nepalnamcha@gmail.com
यहाँले यति पढिदिनु भएकोमा धन्यवाद । र, यहाँको सिर्जनात्मक साथप्रति विश्वस्त छौं ।