असल बाबुआमा पाउनु नै मानेकी छु आफ्नो अहोभाग्य

रुपा अधिकारी

सबैभन्दा बहुमुल्य मेरी प्यारी आमा हजुर
अनेक कष्ट खपेर सन्तानसँग सधैँ रमाउने महान हजुर
पुनर्जन्म यदि मिल्छ मलाई सधैँ तिम्रो सन्तान नै हुनपाउँ
जीवनको अन्तिम चरणसम्म पनि मैले ममताले छुनपाउँ ।

समाजले इज्जत गर्ने आफ्नो पहिचानको छवि लेखायौ
प्रतिष्ठालाई राखेर थाती सन्तानलाई सहि मार्ग देखायौ
खुट्टा टेक्न नपाँउदै मलाई ताते गरी हात डोर्याई हिँडायौ
केरीमेरी गर्ने हात समाई कलम चलाई लेख्न सिकायौ ।

राख्यौ सन्तान सदासर्वदा अनुसाशन निगरानीले झुकाई
सन्तान सेवामा समर्पित तिमी आफ्नो कयौँ पिडा लुकाई
सुसंस्कारले सहि मार्गदर्शन पहिल्याई सफल रहेँ हिड्न
तिम्रो अर्ति उपदेश शिरोपर, आँट गर्छु अन्यायसँग भिड्न ।

जीवनको ठुलो सम्पत्ति भन्नु लाग्छ बाबुआमा नै मनोग्य
असल बाबुआमा पाउनु नै मानेकी छु आफ्नो अहोभाग्य
खुशी दिन सकेसकिन सधैँ हजुरलाई सुखी देख्ने चाहना
पहिलो गुरु हजुरलाई नमन गर्दै गर्दछु दीर्घायुको कामना ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button